छानबिन समितिको प्रतिवेदन पेश भयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
३४ पटक हेरिएको
Shares
छानबिन समितिको प्रतिवेदन पेश भयो

सारांश

  • काठमाडौँ ।
  • नेपाल दूरसञ्चार प्राधिकरणसम्बन्धी छानबिन तथा सुझाव समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रतिवेदन पेश गरेको छ ।
  • दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन, नियमित र व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट भएका कार्य र कार्यक्रमको अध्ययन र छानबिन गरी सिफारिशसहित प्रतिवेदन पेश गर्न तीन सदस्य समिति गठन गरेको थियो ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणसम्बन्धी छानबिन तथा सुझाव समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रतिवेदन पेश गरेको छ ।

दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन, नियमित र व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट भएका कार्य र कार्यक्रमको अध्ययन र छानबिन गरी सिफारिशसहित प्रतिवेदन पेश गर्न तीन सदस्य समिति गठन गरेको थियो ।

समितिका संयोजक सूर्यबहादुर रावतले दूरसञ्चार सेवाको गुणस्तर तथा मूल्य र सेवाको उपलब्धतामा गुणात्मक वृद्धि गर्नुपर्ने, ठूलो परिणाममा उठाउन बाँकी रोयल्टी दस्तुर र फ्रिक्वेन्सी दस्तुर यथाशीघ्र उठाउनेलगायत सुझावसहितको प्रतिवेदन पेश गरेका हुन् ।

समितिलाई दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार सेवा प्रदायकलाई जारी गरिएका अनुमतिपत्र, अनुमतिपत्रको नवीकरण, फ्रिक्वेन्सी वितरणका सम्बन्धमा अध्ययन गर्ने र कमी कमजोरी देखिए जिम्मेवारी एकीन गरी सुधारका लागि सुझाव दिन भनिएको थियो ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री बाँस्कोटाले समितिबाट प्राप्त प्रतिवेदन प्राधिकरणको सुधारका लागि महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?