पेट्रोल र डिजलको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ३०, २०८०
|
|
२३ पटक हेरिएको
Shares
पेट्रोल र डिजलको मूल्य घट्यो

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
  • शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो।

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो।

इण्डियन आयल कर्पोेरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ।

अब पहिलो वर्गमा पेट्रोलको मूल्य १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ तेस्रो वर्गमा १६७ कायम भएको छ । त्यस्तै डिजे र मट्टितेलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?