प्रतिनिधिसभा बैठक स्थगित !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
६० पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक स्थगित !

सारांश

  • काठमाडौँ, १८ साउन ।
  • प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।
  • संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १ बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिए ।

काठमाडौँ, १८ साउन । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १ बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिए । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगन भएको जनाइएको छ ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

बैठकमा गृहमन्त्री थापाले प्रस्तुत गर्ने ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी महासन्धि’माथि सामान्य छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
कसरी थाहा पाउने श्रीमती अर्कैसँग लागेकाे कुरा !
कसरी थाहा पाउने श्रीमती अर्कैसँग लागेकाे कुरा !
रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी
रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी
यमनमा क्षेप्यास्त्र आक्रमण, नागरिक हताहत !
यमनमा क्षेप्यास्त्र आक्रमण, नागरिक हताहत !
अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन
अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
बागमती प्रदेशमा फेरि यस्तो तयारी, माओवादी मु्ख्यमन्त्री ताक्दै
बागमती प्रदेशमा फेरि यस्तो तयारी, माओवादी मु्ख्यमन्त्री ताक्दै
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
सिद्धबाबा अदालतमा हाजिर हुँदै
सिद्धबाबा अदालतमा हाजिर हुँदै