मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०८०
|
|
३७ पटक हेरिएको
Shares
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

सारांश

  • ताप्लेजुङ ।
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन् ।
  • गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन् । गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । दुवै क्षेत्रमा थप २६ वटा घर पनि जोखिमै छन् ।

रातभर परेको मुसलधारे वर्षाका कारण विभिन्न क्षेत्रमा पुगेको क्षतिको विवरण यकिन गर्दै गाउँपालिकाले थप क्षति र जोखिम न्यूनिकरणका लागि आवश्यक पहल सुरु गरेको छ ।

बाढी र पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित क्षेत्रमा बस्न गाउँपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै विस्थापित भई अन्यत्र आश्रय लिएका केही परिवारलाई त्रिपालसहितका राहत सामग्री वितरण गरेको छ ।

बाढी र पहिरोका कारण यस क्षेत्रमा सडक, विद्युत, पुल र खानेपानी आयोजनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ । बाढीले मदन भण्डारी राजमार्ग अन्तर्गत मैवाखोला–२ र ३ जोड्ने माङ्माया खोलामा रहेको मोटरेवल पुल बगाएको छ । साथै माङ्माया खोला, भालुढुङ्गा र खार्ते खोलाका झोलुङ्गे पुल समेत पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

मैवाखोला–१ र मेरिङ्देन जोड्ने खोलाको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । बाढी पहिरोले गाउँपालिकाका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ । कुल १८ किलोवाट क्षमताको लोदुम्बा माइक्रो हाइड्रोको ट्याङ्की र पाइप पहिरोले बगाएको छ । यस्तै ३६ किलोवाट क्षमताको याम्फेवा हाइड्रो पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने माङ्माया १ र २ मा रहेका ३२ र ६२ किलोवाट क्षमताका माइक्रो हाइड्रो पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ठाडेखोला लघु जलविद्युत आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने केन्द्रीय प्रशारण लाइनको पोल ढल्दा विद्युत् अवरुद्ध बनेको छ । नेरुवा खोलाको काठे पुल र माङ्माया खोला सुन्तले नजिकैको झोलुङ्गे पुल बाढीले बगाएको छ ।

बाढीले विभिन्न खानेपानी आयोजनामा क्षति पु¥याउँदा खानेपानीको अभाव भएको छ । साँघुरी पाटी र कोलडाँडा खानेपानी आयोजनाको मुहान पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । मजुवा ताम्राङ वृहत खानेपानी आयोजना र नेरुवा पाङ्मा सिचाँई आयोजनाको मुहानमा पनि क्षति पुगेको छ ।

ठाडेखोला लघु जलविद्युत आयोजनामा कार्यरत अपरेटर भिमबहादुर तामाङ घाईते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । पहिरोमा पशुचौपाया समेत पुरिएका छन् ।

गाउँपालिका विपद् व्यवस्थापन समितिले क्षतिको विवरण यकिन गरी राहत, उद्धार र थप जोखिम न्यूनिकरणका सम्बन्धमा आवश्यक निर्णय लिन आज बैठक बसेको थियो । सम्भावित जोखिम र क्षति हुनबाट नागरिकलाई बचाउने विषयमा गाउँपालिका सतर्क रहेको र यसमा सहयोग गर्न माथिल्लो निकायसँग समेत आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
विगतको भन्दा पृथक प्रधानमन्त्री मोदीको भ्रमण !
विगतको भन्दा पृथक प्रधानमन्त्री मोदीको भ्रमण !
राष्ट्रपति पौडेललाई कुमारी घरका तर्फबाट बधाई
राष्ट्रपति पौडेललाई कुमारी घरका तर्फबाट बधाई
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
सुदूरपश्चिममा एसइई परीक्षाको तयारी पूरा
सुदूरपश्चिममा एसइई परीक्षाको तयारी पूरा
कुखुराको खुट्टा भाँचेको अभियोगमा चार दिनदेखि  हिरासतको बास !
कुखुराको खुट्टा भाँचेको अभियोगमा चार दिनदेखि हिरासतको बास !

तपाईंले छुटाउनुभयो कि?