घर निर्माण गर्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
घर निर्माण गर्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

सारांश

  • अस्बिन खडका उदयपुर, २० चैत ।
  • धनकुटा नगरपालिकाको वडा नम्बर १ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकीसहित विद्युतको काम गर्ने कामदार ४५ वर्षीय मिङ्मा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।
  • सोमबार बेलुकी ५ बजेको समयमा गोपालको घरको छत ढलानका लागि फलामे रड बिछ्याउने क्रममा उक्त घटना भएको हो ।

अस्बिन खडका

उदयपुर, २० चैत । धनकुटा नगरपालिकाको वडा नम्बर १ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकीसहित विद्युतको काम गर्ने कामदार ४५ वर्षीय मिङ्मा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बेलुकी ५ बजेको समयमा गोपालको घरको छत ढलानका लागि फलामे रड बिछ्याउने क्रममा उक्त घटना भएको हो ।

छत ढलानकै क्रममा ३३ केभी हाइटेन्सन लाइनमा रडले छोएपछि गम्भीर भएका दुबैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?