९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)

सारांश

  • काठमाडौं।
  • न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ ।
  • मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो।

काठमाडौं। न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो। न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए ।

उनका अनुसार उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई  उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने  उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ । उनी उच्च अदालत पाटनमा काजमा थिए ।

यस्तै उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ भने उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई भने  उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ ।

यस्तै जिल्ला न्यायाधीशहरूको पनि व्‍यापक सरूवा गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश (काज: सर्वोच्च अदालत) महेन्द्रबहादुर कार्कीलाई काठमाडौं जिल्ला अदालतमा सरूवा गरिएको छ भने  डडेल्धुरा जिल्ला अदालतका न्‍यायाधीश (काज: चितवन जिल्ला अदालत) दयाराम ढकाललाई चितवन जिल्ला अदालतमा सरूवा गरिएको छ ।

हेर्नुहोस् कुन न्यायाधीश कहाँ सरूवा भए ?  : 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    youtube to mp3

    I do not even know how I ended up here but I thought this post was great I do not know who you are but certainly youre going to a famous blogger if you are not already Cheers

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?