जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !

सारांश

  • काठमाडाैँ, ११ कात्तिक ।
  • नेपाल भारत मैत्री समाजले काठमाडौंको न्ह्योखास्थित जनचिकित्सालयलाई करिव तीन लाख रुपियाँ बराबरको स्वास्थ्य सम्बन्धिको उपकरण उपलब्ध गराएको छ ।
  • समाजका सभापति प्रेम लस्करीले चिकित्सालयकी अध्यक्ष विमला मानन्धरलाई ती उपकरण हस्तान्तरण गरेकी हुन् ।
काठमाडाैँ, ११ कात्तिक । नेपाल भारत मैत्री समाजले काठमाडौंको न्ह्योखास्थित जनचिकित्सालयलाई करिव तीन लाख रुपियाँ बराबरको स्वास्थ्य सम्बन्धिको उपकरण उपलब्ध गराएको छ । समाजका सभापति प्रेम लस्करीले चिकित्सालयकी अध्यक्ष विमला मानन्धरलाई ती उपकरण हस्तान्तरण गरेकी हुन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, भारतीय दुतावासका प्रथम सचिव सहभागी सो कार्यक्रममा उपकरण हस्तान्तरण गरिएको हो । साथै कार्यक्रममा अमेरिकाको वासिङ्गटनस्थित इभरग्रीन हस्पिटलकाे तर्फबाट अल्सरका रोगीहरुको निम्ति आवश्यक पर्ने कोलस्टोमी व्याग पनि हस्तान्तरण गरिएकाे थियाे । स्थानीय जनताको सहयोगमा २०३९ साल वैशाखमा स्थापित सो चिकित्सालयले सो क्षेत्रका जनतालाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?