गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १५, २०७९
|
|
३० पटक हेरिएको
Shares
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन्।
  • आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन्।

आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस्। सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ।’

प्रधानमन्त्रीले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए। उनले भने, ‘गंगालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ।’

‘यो केन्द्र केवल स्वास्थ्य केन्द्र मात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ’ प्रधानमन्त्रीले भने, ‘शहीद गंगालाल हामी सबैले सम्मान गर्ने नाम हो। तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ। बिपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

‘हामीले निकै मेहेनत गरेर नयाँ संविधान जारी गरेका छौँ। संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको छ। संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिवद्ध गरिएको छ। तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुनहरू बनाउन बाँकी नै छ। नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसदमा पेश गर्ने प्रक्रियामा छ। तपाईहरूसामु म यो विश्वास दिलाउन चाहन्छु।’

प्रधानमन्त्रीले भने, ‘मेरो दोस्रो प्रधानमन्त्रीकाल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रह्यो। उक्त कार्यकालमा स्वास्थ्य वीमा लागू गरियो। विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो। प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो। स्वास्थ्य सेवालाई देशैभरि बिस्तार गरियो। मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ। त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ।’

प्रधानमन्त्रीले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताए।

उनले भने, ‘अर्थतन्त्रको स्थिति तपाईहरूलाई थाहा नै छ। समाज निरासातिर जाने हो कि भन्नेखालका आशंका छन्। यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु। तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्ने छ। शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ। यसका लागि तपाईहरूको पनि सहयोग रहने मेरो विश्वास छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
कोरोना संक्रमित थपिए यी १२ जिल्लामा, ज्यान गुमाउने संख्या पुग्यो ६
कोरोना संक्रमित थपिए यी १२ जिल्लामा, ज्यान गुमाउने संख्या पुग्यो ६
युवा संघ नेपालको केन्द्रीय कार्यालयमा सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा  प्रवेश .
युवा संघ नेपालको केन्द्रीय कार्यालयमा सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा  प्रवेश .
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद, प्रेमिकालाई २ वर्षको जेल सजाय
नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद, प्रेमिकालाई २ वर्षको जेल सजाय
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
काठमाडौँको बल्खुमा भीषण आगलागी
काठमाडौँको बल्खुमा भीषण आगलागी
प्रधानमन्त्रीको निर्देशनपछि डोटीको सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्रीको निर्देशनपछि डोटीको सुरक्षा व्यवस्था कडा
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा

तपाईंले छुटाउनुभयो कि?