शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै
सारांश
- काठमाडौ ७,पुस।
- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछ ।
- दुवै खेल सशस्त्र प्रहरीको एपीएफ मैदान हलचोकमा हुने छ,विहान ११ बजे हुने पहिलो खेलमा थ्री स्टार र च्यासल भिड्दै छन् ।
काठमाडौ ७,पुस।शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । दुवै खेल सशस्त्र प्रहरीको एपीएफ मैदान हलचोकमा हुने छ,विहान ११ बजे हुने पहिलो खेलमा थ्री स्टार र च्यासल भिड्दै छन् ।तेस्रो स्थानमा रहेको थ्री स्टार शीर्ष स्थान मा रहेको मनाङको भन्दा ५ अंक पछाडी रहेको छ,आजको खेलमा थ्री स्टार विजयी भए उपाधि होडमा आफूलाई पनि अगाडी ल्याउने छ ।
च्यासलले पनि जारी प्रतियोगितामा चार खेलमा जित र एक खेलमा बराबरी गर्दै १३ अंक जोडेको छ जारी प्रतियोगितामा शीर्ष स्थानमा रहेका मनाङ र संकटाले च्यासलविरुद्ध कठिन जित निकालेकाले आजको खेल रोेमाञ्चक हुने अपेक्षा गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया