साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
३२ पटक हेरिएको
Shares
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!

सारांश

  • काठमाडौं।
  • रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमकाे अफर आएको छ।
  • चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ।

काठमाडौं। रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमकाे अफर आएको छ।

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ। उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को बीच सम्झौता समाप्त हुन तीन महिनामात्र बाँकी रहेको बेला साउदी क्लबले कीर्तिमानी रकममा अफर गरेको हो। मेसी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ।

पीएसजीले मेसीसँगको सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको तथा स्पेनिस क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चाका बिचमा मेस्सीलाई साउदी क्लबको सो अफर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरबाट हाल खेलिरहेका छन्, अल नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्ध गरेको थियो। अर्जेन्टेनी स्टार मेस्सीलाई रोनाल्डोको भन्दा २०० मिलियन युरो बढी रकमको अफर आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
आफ्नै निर्णयले जिल्लिए देउवा: दरबन्दीभन्दा धेरै एआईजी
आफ्नै निर्णयले जिल्लिए देउवा: दरबन्दीभन्दा धेरै एआईजी
एसियाली सुरक्षा र विकासमा सहकार्य गर्न चिनिया राष्ट्रपतिको आग्रह
एसियाली सुरक्षा र विकासमा सहकार्य गर्न चिनिया राष्ट्रपतिको आग्रह
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
वैशाख ७ देखि दोस्रो चरणको खोप सुरु हुने
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
Karishma Tanna’s first look as Madhuri Dixit from Ranbir Kapoor’s Sanju is out!
Karishma Tanna’s first look as Madhuri Dixit from Ranbir Kapoor’s Sanju is out!
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कांग्रेसबाट माधव आचार्यले उम्मेदवारी दिने
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कांग्रेसबाट माधव आचार्यले उम्मेदवारी दिने

तपाईंले छुटाउनुभयो कि?