त्रिशुली नदीमा ट्रक खस्दा चालक बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
४० पटक हेरिएको
Shares
त्रिशुली नदीमा ट्रक खस्दा चालक बेपत्ता

सारांश

  • चितवन ।
  • चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक त्रिशुली नदीमा खसेको छ ।
  • पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

चितवन । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक त्रिशुली नदीमा खसेको छ । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

गए राति ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?