जनवादी कलाकारले जुटाए’दिलबहादुर बचाउन’सवा लाख
सारांश
- उमेश बन्जाडे, २१ असार ।
- साउदीमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीको रिहाइका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
- स्वदेश एवं विदेशमा रहेका श्रमिक, मजदुर तथा विभिन्न संघसंस्थाले आफुसक्दो रकम जुटाएर ‘दिलबहादुर बचाउ’अभियानलाई सार्थक बनाउँदैछन्।
उमेश बन्जाडे, २१ असार । साउदीमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीको रिहाइका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
स्वदेश एवं विदेशमा रहेका श्रमिक, मजदुर तथा विभिन्न संघसंस्थाले आफुसक्दो रकम जुटाएर ‘दिलबहादुर बचाउ’अभियानलाई सार्थक बनाउँदैछन्।
यसैबीच रोल्पा रुन्टिगढी एक (साविकको जौली पोखरी) निबासी जनवादी कलाकार तथा समाजसेवी धनेस बिसि नेतृत्वको टिमले साउदीबाट एक लाख बढी सहयोग रकम उपलब्ध गराएको छ। बिगत तिन वर्ष देखि साउदी अरबमा ब्लड मनि तिर्न नसक्दा जेल जीवन बिताइरहेका दिलबहादुर घर्तीको रिहाइको लागि उक्त रकम हस्तान्तरण गरिएको बिसिले जानकारी दिए।
साउदिमा कार्यरत श्रमिक दाजुभाईसँग हातेमालोगरि संकलित एक लाख, छत्तीस हजार, दुईसय, साठी रुपैया घर्तीका श्रीमती मनिका बुढा मगरलाई हस्तान्तरण गरिएको हो।
सहयोग रकम जुटाउन तदारुकता देखाउने बिसि हाल साउदीमा कार्यरत रहेपनी विगतमा उनी जनयुद्धमा जोडिएका थिए। क्रान्तिकारी बिद्यार्थी संगठनमा आबद्ध भएर राजनैतिक यात्रा शुरु गरेका बिसिले जनवादी गितहरु गाउँदै हिँडेका थिए।
पछिल्लो समय स्थानीय कल्बहरुमा निर्देशक रहेका उनी पारिवारिक आर्थिक अवस्था ओरालो लाग्ने स्थिति आएपछि प्रबास छिरेका थिए । बिगतमा कतारमा रहँदा जलजला सेवा समाजमा आबद्ध रहेर काम गरेका उनि हाल रोजगारीको शिलशिलामा साउदिमा छन । कलाकार बिसिले आफुलाई सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई एकमुष्ट धन्यवाद समेत दिएका छन।
यस्तै मुल समितिका सदस्य हितमान बुढाले अभियान्ता समुह र सहयोगी सबैलाई धन्यवाद दिएका छन । सहयोगी बिसिका अनुसार संकलित सहयोग रकम जुटाउन साउदी बाट मिलन रसाइली रु ४४, ०७७र सुन्दर रोका र धनेश बि सि बाट रु २७, १९७ प्रेम मगर र पिम मगर बाट रु २४, ५९० र यमु संगमबाट ४०, ३९६ गरि जम्मा रु १ लाख ३६ हजार २ सय ५४ रुपैया बैंक मार्फत नेपाल पठाइएको जानकारी गराएका छन।
प्रतिक्रिया