जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०८०
|
|
४४ पटक हेरिएको
Shares
जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो

सारांश

  • कास्की ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुगे ।
  • अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा आएका उनले बैठक उद्घाटन सम्पन्न भएलगत्तै जन्म गाउँ पुगेको थिए ।

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुगे । अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा आएका उनले बैठक उद्घाटन सम्पन्न भएलगत्तै जन्म गाउँ पुगेको थिए ।

दाहाल तेस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक जन्म गाउँमा पाइला टेकेका थिए । उनी सकभर पोखरा आउँदा जन्म गाउँ लेवाडे पुगेर दाजुभाइ तथा स्थानीयवासीसँग अन्तरक्रिया गर्न छुटाउँदैनन् । प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाएपछि लेवाडेवासी उत्साहित थिए । प्रधानमन्त्री दाहालले लेवाडेलगायत आसपासका क्षेत्रको विकासका बारेमा चासो राखेका थिए ।

स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग उनले आफूले प्रारम्भिक शिक्षा लिएको महेन्द्र आधारभूत विद्यालयलगायत गाउँको विकासमा बारेमा चासो दिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले बताए । उनका अनुसार प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाउँदा स्थानीयवासीसमेत उत्साहित थिए । वडाध्यक्ष भण्डारीका अनुसार प्रधानमन्त्रीले गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका बारेमा कुराकानी गरेका थिए ।

अध्यक्ष भण्डारीले भने, ‘प्रधानमन्त्रीलाई पाउँदा हामी अत्यन्त खुशी भयौँ । उनले पनि मसिनो गरी यहाँको विकासका बारेमा चासो दिए । बबहामीले यहाँको अवस्थाका बारेमा उहाँलाई जानकारी गरायौँ । केही योजनामा सहयोग गर्न आग्रह गर्दा उहाँले आफ्नोतर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले गाउँको अवस्था, खेतीबाली, मौसमलगायतका विषयमा जिज्ञासा राखेका थिए । वडाध्यक्ष भण्डारीले प्रधानमन्त्रीसँग विशेषगरी अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट पामे हुँदै पोखरा जोड्ने सडक स्तरोन्नतिका लागि माग गरेको बताए ।

वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेका योगदानको प्रशांसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेक थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयसमेतसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिबारे विशेष चासो राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता
मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता
वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक
वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक
विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’
विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना
एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी
एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
आजको राशिफल
आजको राशिफल
स्थानीय प्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहकाे धम्की
स्थानीय प्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहकाे धम्की