नेपाल प्रहरी श्रीमती संघद्धारा पूर्व अध्यक्ष लगायतका पदाधिकारीहरुलाई बिदाइ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ भदौ नेपाल प्रहरी श्रीमती संघकी पूर्व अध्यक्ष रोशी अर्याल एवं पूर्व उपाध्यक्ष तथा पदाधिकारीहरुलाई सोमबार आयोजित एक समारोहबिच बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
  • पूर्व अध्यक्ष  रोशी अर्यालले आगामी दिनमा समेत सामाजिक परोपकार कार्यमा संघले आफ्नो उद्धेश्य पुरा गर्नका लागि थप सक्रियताका साथ कार्य गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
  • कार्यक्रममा संघकी अध्यक्ष सिमा अर्यालले पूर्व पदाधिकारीहरुको संस्थाप्रतिको निष्पक्षता, धैर्य, अठोट, संकल्प र परिश्रमको फलस्वरुप संस्थाले भुकम्प लगायत प्राकृतिक विपत्ति तथा अन्य सामाजिक क्षेत्रमा अहोरात्र कार्य गर्न सफल भएको बताउनुभयो ।

काठमाडौं, १९ भदौ
नेपाल प्रहरी श्रीमती संघकी पूर्व अध्यक्ष रोशी अर्याल एवं पूर्व उपाध्यक्ष तथा पदाधिकारीहरुलाई सोमबार आयोजित एक समारोहबिच बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व अध्यक्ष  रोशी अर्यालले आगामी दिनमा समेत सामाजिक परोपकार कार्यमा संघले आफ्नो उद्धेश्य पुरा गर्नका लागि थप सक्रियताका साथ कार्य गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघकी अध्यक्ष सिमा अर्यालले पूर्व पदाधिकारीहरुको संस्थाप्रतिको निष्पक्षता, धैर्य, अठोट, संकल्प र परिश्रमको फलस्वरुप संस्थाले भुकम्प लगायत प्राकृतिक विपत्ति तथा अन्य सामाजिक क्षेत्रमा अहोरात्र कार्य गर्न सफल भएको बताउनुभयो । साथै आगामी दिनमा समेत पूर्व पदाधिकारीहरुबाट राय, सल्लाह सुझावको अपेक्षा गरेको उल्लेख गर्नुभयो । समारोहमा संघकी अध्यक्ष सिमा अर्यालले पूर्व पदाधिकारीहरुलाई बिदाईको चिनो समेत प्रदान गर्नुभयो ।
कार्यक्रममा संघका पदाधिकारी एंव पूर्व पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?