जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
४४ पटक हेरिएको
Shares
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान

सारांश

  • काठमाडौँ ।
  • पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेपछि प्रदेशसभा सदस्य प्रमोद जयसवाल बयानका लागि निकुञ्ज कार्यालयमा हाजिर हुनुभएको छ ।
  • उहाँसँग निकुञ्जका अनुसन्धान अधिकारीले मङ्गलवार बयान लिएका हुन ।

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेपछि प्रदेशसभा सदस्य प्रमोद जयसवाल बयानका लागि निकुञ्ज कार्यालयमा हाजिर हुनुभएको छ ।

उहाँसँग निकुञ्जका अनुसन्धान अधिकारीले मङ्गलवार बयान लिएका हुन । सोही घटनाको आरोपमा बयानका लागि पुग्नुभएका सखुवाप्रसौनी गाउँपालिका पूर्व अध्यक्ष प्रदीप जयसवालको बयान लिन भने बाँकी रहेको आरक्ष कार्यालय आधाभार बाराका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिनुभयो ।

प्रमोद ४ मङ्सिरको चुनावमा पर्सा ३ (१०)बाट स्वतन्त्र उम्मेदवारी दिनुभई प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। निकुञ्जको टोलीले मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोलीगठ्ठा, नाइट भिजन बाइनाकुलर लगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो ।

सिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ । जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको नाममा दर्ता छ ।

पुस ४ गते राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित आरक्षको कोर जङ्गलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको र केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए । सिकारी टोलीलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मारेर सिकारमा प्रयोग हुने थप सामग्री बरामद गरेको थियो ।

सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन सिकारमा संलग्न रहेको आरोपमा पाँच जनासहित दुई वटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो ।

अनुसन्धानका लागि काठमाडौँ क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा काँग्रेस नेता श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ । खड्काको नाममा रहेको बन्दुक शिकारीको टोलीबाट बरामद भएपछि उहाँलाई पनि अनुसन्धानका लागि बोलाइएको हो ।

काठमाडौँ घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछा पोखरी छ । उहाँ अझैसम्म पनि बयानका लागि उपस्थित नभएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । खड्काले मङ्गलवार एक विज्ञप्ति जारी गरी सो घटनामा आफ्नो कुनै संलग्नता नभएको जानकारी गराउनुभएको छ । सो घटना हुँदा आफू काठमाडौँमै रहेको र सिकारमा प्रयोग गरेको बन्दुक आफ्नै लाइसेन्स प्राप्त भएको तर त्यो कसरी त्यहाँ पुग्यो भन्ने विषय अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    To tài khon cá nh^an

    Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/kz/register?ref=RQUR4BEO

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मछिन्द्रले सातदोबाटोलाई हरायो
मछिन्द्रले सातदोबाटोलाई हरायो
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
अधिक याैन इच्छाका कारण ज्यान गुमाएकी यी महारानी !
अधिक याैन इच्छाका कारण ज्यान गुमाएकी यी महारानी !
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो
चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो
चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
Share Documents Online and just how it can be used to benefit the organisation
आर्थिक गणना वैशाख १ देखि शुरु हुने
आर्थिक गणना वैशाख १ देखि शुरु हुने