हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
३० पटक हेरिएको
Shares
हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

सारांश

  • काठमाडौं।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ।
  • प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो।

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

“मनसुन सिजनमा हेलिकप्टरको हिमाल नजिक गएर साइड सिन देखाउने (माउन्टेन फ्लाइट), हेलिकप्टरको तल सामान भुण्ड्याएर गर्ने ‘सिलिङ फ्लाइट’, ‘पुष्पवृष्टि फ्लाइट’उडानको प्रतिबन्ध हटाइएको छ।”

प्राधिकरणले वर्षात्को समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुन समयमा यस्तो प्रकृतिको हेलिकप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ।

मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिन्छ। यो वर्ष जुन १० बाट सुरु भएको मनसुन १२ अक्टोबरदेखि नेपालबाट बाहिरिएको थियो।

मनसुनको समयमा जतिबेला पनि मौसम परिवर्तन हुनसक्ने र हेलिकप्टर उडानमा जोखिम हुने भएकाले प्राधिकरणले हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको सूचना अधिकारी भुलको भनाइ छ।

यसैबीच हेलिकप्टर उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाटै दिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी भुलले मनसुन हटेसँगै ‘नर्मल कार्गो’ तथा प्यासेन्जर उडान र उपत्यकाभित्र हुने उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिने व्यवस्था गरिएको बताए।

यसअघि १३ जुलाई २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि हेलिकप्टर उडानका लागि लिनुपर्ने सबै उडानको अनुमति प्राधिकरण प्रधान कार्यालयबाटै दिने व्यवस्था गरिएको थियो।

काठमाडौँ उपत्यका बाहिरको हकमा मात्रै केन्द्रीय कार्यालयले हेलिकप्टर उडानको अनुमति दिने प्राधिकरणले जनाएको छ। अब पाइलटको चेक, नन कमर्सियल, सिलिङ र अन्य विमानस्थलबाट सुरु हुने उडानमात्रै अनुमतिका लागि प्राधिकरण प्रधान कार्यालय जानुपर्ने व्यवस्था गरिएको छ।

“अघिल्लो वर्ष मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि देशभरको सम्पूर्ण हेलिकप्टर उडानको अनुमति प्रधान कार्यालयबाट दिने व्यवस्था गरेका थियौं, अहिले काठमाडौं विमानस्थल र उपत्यकाबाट सञ्चालन हुने हेलिकप्टरको हकमा उडान अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिनेगरी प्राधिकरणले विमानस्थललाई अधिकार फिर्ता गरेको छ। असोज २४ गतेदेखि अनुमति पहिला जसरी दिइन्थ्यो त्यसैगरी हुने व्यवस्था गरिएको छ”, प्राधिकरणका सूचना अधिकारी भुलले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज
पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज
जेठ १७ गतेको राशीफल यस्तो छ, आज कसलाई कुन शुभ अंक ?
विभिन्न आरोपमा चार जना पक्राउ
विभिन्न आरोपमा चार जना पक्राउ
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
For what reason Do Persons Think That Online dating services Is Worth It? Here Is A number of the Benefits Of Online dating sites!
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय
भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाइँदै
भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाइँदै
मगर र गुरुङ संस्कृति जोड्दै अल्ट्रा म्याराथन
मगर र गुरुङ संस्कृति जोड्दै अल्ट्रा म्याराथन
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !

तपाईंले छुटाउनुभयो कि?