जहाँ सूचना अधिकारी नै छैनन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
५० पटक हेरिएको
Shares
जहाँ सूचना अधिकारी नै छैनन्

सारांश

  • यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ ।
  • विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो ।
  • सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी नभएको पाइएको छ ।

यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो ।सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी नभएको पाइएको छ ।

सङ्घीय सरकारको मातहतमा रहेका पाँच कार्यालय, प्रदेश मातहतका छ र अन्य दुई कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमन गरिएका कार्यालयमा २३ कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको प्रजिअ बस्नेतले बताउनुभयो । तोकिएको पोशाक नलगाउने कर्मचारीको सङ्ख्या ३० रहेको छ ।नागरिक बडापत्र नभएका कार्यालय ११, सूचना अधिकारी, नाम, पद र फोन नम्बर टाँस नगरिएका कार्यालयको सङ्ख्या नौ, धूम्रपान, मद्यपान निधेष भनी नलेखिएको कार्यालय सङ्ख्या १०, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने भनाइ नलेखिएको कार्यालयको सङ्ख्या नौ रहेको प्रजिअ बस्नेतले बताउनुभयो । कर्मचारीले पोशाक भत्ता बुझे पनि पोशाक नलगाउने, परिचयपत्र साथमा नराख्ने र तोकिएको समयमा कार्यालय नआउने गुनासो बढेपछि जिल्लाका सरकारी कार्यालय अनुगमन गरिएको प्रजिअको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
जब निर्मलाको हत्यापछि अम्बाको बोट काटियो…
जब निर्मलाको हत्यापछि अम्बाको बोट काटियो…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो :  प्रचण्ड
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो : प्रचण्ड
बाढीले रेलको लिक समेत बगायो
बाढीले रेलको लिक समेत बगायो
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा एकको ज्यान गयाे
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा एकको ज्यान गयाे
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा
चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा