मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा

सारांश

  • मुम्बइ।
  • अफिसको एक कुनामा रहेको डस्टबिनमा फ्याँकिएको ४५ करोड भारुको सम्झौता पत्रको फोटोकपी बलिउड फिल्म निर्माता राजकुमार हिरानीको अघोषित सम्पत्तिको सुराग बन्यो ।
  • मुम्बईमा आयकर विभागले बलिउड अभिनेता टाइगर श्राफ र स्त्री फिल्मका निर्माता दिनेश विजनलाई पनि अघोषित सम्पत्ति राखेको पत्ता लगाएको छ ।
मुम्बइ। अफिसको एक कुनामा रहेको डस्टबिनमा फ्याँकिएको ४५ करोड भारुको सम्झौता पत्रको फोटोकपी बलिउड फिल्म निर्माता राजकुमार हिरानीको अघोषित सम्पत्तिको सुराग बन्यो । मुम्बईमा आयकर विभागले बलिउड अभिनेता टाइगर श्राफ र स्त्री फिल्मका निर्माता दिनेश विजनलाई पनि अघोषित सम्पत्ति राखेको पत्ता लगाएको छ । उनीहरुले इनकम ट्याक्स रिटर्न (आइटीआर) मा यो सम्पत्तिबारे जानकारी दिएका थिएनन् । आयकर विभागले यसको अनुसन्धान रिपोर्ट केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सिबिडिटी) लाई पठाएको छ । सिबिडिटी आयकर विभागको शीर्ष संस्था हो । सिबिडिटीको आदेशपछि आयकर विभागले तीनै आरोपीलाई नोटिस पठाएर सोधपुछ गर्नेछ र थप कारवाही अघि बढाउनेछ । नोटिस पाएपछि आरोपीसँग बचाउका लागि इनकम ट्याक्स ट्रिब्यूनलमा अपिल गर्ने विकल्प हुनेछ ।
मुन्नाभाइ एमबीबीएस, सञ्जु र पिकेजस्ता सुपरहिट फिल्म बनाउने हिरानीसँग अघोषित सम्पत्ति भेटिएको कहानी पनि फिल्मी छ । सर्वेक्षणका लागि इनकम ट्याक्स अधिकारी हिरानीको अफिसमा पुगेका थिए । उनीहरुको नजर कुनामा फ्याँकिएको कागजमा पर्यो । उनीहरुले केही नबोली ती कागज उठाएर खल्तीमा राखे । पछि हेर्दा थाहा भयो कि यो कागज नेटफ्लिक्स र हिरानीबीच सञ्जु फिल्मको एक्जिबिशन राइट्सको विषयमा गरिएको ४५ करोडको सम्झौता थियो । जब यसको जानकारी हिरानीले भरेको एड्भान्स ट्याक्स र फाइनल आइटीआरमा खोजियो तब उनले यसबारे आयकर विभागमा केही जानकारी नदिएको पत्ता लाग्यो ।
मुम्बई आयकर विभागले सेप्टेम्बरमा चलिरहेको अनुसन्धान रिपोर्ट गत हप्ता केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको छ । विभागका प्रिन्सिपल चीफ कमिश्नर ए. अभय शंकरले भने, ‘६ महिनामा हामीले मुम्बईमा ६ सय ५० बढी सर्वेक्षण र अनुसन्धान गर्यौं । यसमा बलिउडका थुप्रै हस्तीका अफिस र घर पनि समावेश छ । विभागले थुप्रै हस्तीले सम्पत्ति लुकाएको बारे थाहा भएको छ । कूल एक हजार पाँच सय करोड भारुको अघोषित सम्पत्ति सार्वजनिक भएको छ । यसमा सबै वर्गका मानिस समावेश छन् ।’
अभिनेता टाइगर श्राफको अघोषित सम्पत्ति बागी फिल्मसँग सम्बन्धित बताइएको छ । यो फिल्मका लागि उनले १० करोड भारु पाएका थिए । यसबारे उनले आफ्नो आइटीआरमा जानकारी दिएका छैनन् । अहिले टाइगर स्टूडेन्ट अफ द इयर टुको तयारीमा जुटेका छन् । उनले स्त्री फिल्मका लागि पाएको २४ करोड भारुको जानकारी लुकाए । निर्माण कम्पनीले चेक साट्न जाँदा आयकर विभागले यसबारे पत्ता लगाएको थियो । निर्माताको रुपमा दिनेशले बलिउडलाई स्त्री र बदलापुरजस्ता फिल्म दिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?