विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल

सारांश

  • काठमाडौँ, २२ जेठ ।
  • पूर्व प्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको विकास भएमात्र देशको विकास हुने बताउनुभएको छ ।
  • क्यालिफोर्निया स्टेट युनिर्भसिटी, काठमाडौँ इन्टिच्युट अफ एप्लाइड साइन्सले ‘हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका अमेरिकन विद्यार्थीका लागि आइतबार साँझ आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

काठमाडौँ, २२ जेठ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको विकास भएमात्र देशको विकास हुने बताउनुभएको छ ।

क्यालिफोर्निया स्टेट युनिर्भसिटी, काठमाडौँ इन्टिच्युट अफ एप्लाइड साइन्सले ‘हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका अमेरिकन विद्यार्थीका लागि आइतबार साँझ आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले लामो समयदेखिको अस्थिरताको युगलाई स्थानीय तहको निर्वाचनबाट समाप्त गरेको बताउनुभयो ।

क्यालिफोर्निया स्टेट युनिर्भसिटीका प्रा डा मोहनबहादुर डाँगीले मुलुकको विकासका लागि प्रविधिको विकास आवश्यक रहेको बताउनुभयो ।

सो कार्यक्रममा हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका आठ अमेरिकन तथा आठ नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?