साना समुहले हतियार बुझाउन थाले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
साना समुहले हतियार बुझाउन थाले

सारांश

  • काठमाडौं ।
  • सरकारले आह्वान गरेसँगै हातहतियार राखेका साना समुहले आत्मसमर्पण गर्न थालेका छन् ।
  • हातहतियार बोकेर अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वार्ता टोलीसमक्ष विराटनगरमा आत्मसमर्पण गरेका छन् ।

काठमाडौं । सरकारले आह्वान गरेसँगै हातहतियार राखेका साना समुहले आत्मसमर्पण गर्न थालेका छन् । हातहतियार बोकेर अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वार्ता टोलीसमक्ष विराटनगरमा आत्मसमर्पण गरेका छन् ।

सामान्य जीवनयापन गर्ने उद्देश्यका साथ रामु कामैत भन्ने रामनन्दनकुमार कामैत, विनायककुमार यादव, विनोदकुमार यादव र जयप्रकाश लिचपुरिया छन् । वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेलाई पेस्तोल बुझाएका छन् । अन्य बाँकी हतियार पुसको पहिलो सातामा बुझाउने सहमती भएको छ ।

सरकारले भदौ ८ गते सरकारले वार्ता टोली गठन गरेको थियो । सरकारले वार्ता सोमनाथ पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । टोलीको सदस्यमा सुरेश आलेमगर, ताराकान्त चौधरी, गृह मन्त्रालयका उपसचिवका अनुसार विश्वराज न्यौपाने छोटो अवधिमै २४ वटा समूहसँग कुराकानी गरिसकेको जनाएको छ ।

कतिपय समूहको अस्तित्व पनि नरहेको र अस्तित्वमा रहेका समूहका केही मानिस जेलमा रहेको वार्ता टोलीले बताएका छन् । वार्ता टोलीका संयोजक पाण्डेका अनुसार राजनीतिक प्रकृतिको सिके राउतको समूह नभएको र विप्लव समूह राजनीतिक प्रकृतिका भए पनि वार्ताका लागि प्रयास भइरहेको जानकारी दिँदै आत्मसमर्पण गर्ने विगतमा गोइत समूहका भएको स्पष्ट पारे ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?