जावलाखेलमा सुरु भयो पुष्प मेला
सारांश
- जावलाखेलमा आजदेृखि पुष्प मेला सुरु भएको छ ।
- ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको मेला बागमती प्रदेश कृषि तथा पशुपक्षि विकास मन्त्रालयका राज्य मन्त्री इन्द्रमाया गुरुङले गरिन् ।
- फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सुरु भएको मेला आइतबारसम्म चल्ने छ ।
जावलाखेलमा आजदेृखि पुष्प मेला सुरु भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको मेला बागमती प्रदेश कृषि तथा पशुपक्षि विकास मन्त्रालयका राज्य मन्त्री इन्द्रमाया गुरुङले गरिन् ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सुरु भएको मेला आइतबारसम्म चल्ने छ । मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटासहित जम्मा ६२ वटा स्टल छन्।
एक्स्पोमा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपछी बिकास मन्त्रालय र कृषि विभागको पनि सहयोग रहेको छ । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर,ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेको छ ।
प्रतिक्रिया