नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !

सारांश

  • काठमाडौं ।
  • पूर्व नेकपा एमाले र माओवादी केन्द्रको एकता भएको एक वर्ष पुगेको छ ।
  • अहिलेसम्म् तल्लो तहमा एकता हुन सकेको छैन ।

काठमाडौं । पूर्व नेकपा एमाले र माओवादी केन्द्रको एकता भएको एक वर्ष पुगेको छ । अहिलेसम्म् तल्लो तहमा एकता हुन सकेको छैन । नेकपा स्थापना दिवस वैशाख ९ मा सबै प्रक्रिया टुंग्याउने भनिए पनि नेताहरूबीच सहमति हुन सकेको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया चाँडो टुंग्याउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि कार्यकर्ताले दिनदिनै सोध्न थालेका छन् । दुवै नेतालाई तल्लो तहमा एकता प्रक्रिया टुंगाउन दबाब परेको छ।

अझैसम्म केन्द्रीय कार्यालय बाहेकका तल्लो तहमा पार्टी कार्यालयसमेत दुईवटा सञ्चालनमा छन्। शीर्ष नेताहरू धेरै पटक एकता प्रक्रिया टुंगाउने एजेन्डा लिएर बैठक, छलफलमा बसे पनि प्रक्रिया टुंगिएको छैन।

पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला कमिटी गठन, भ्रातृ संगठन तथा मजदुर संगठनहरूको एकता प्रक्रिया टुंग्याउन अध्यक्षद्वय ओली र दाहाल, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र ईश्वर पोखरेलबीच छलफल भए पनि वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?