जिरो कमिसनमा गाडी किनबेचको सुविधा दिदै क्यास अन ह्वील

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ६, २०७७
|
|
२२ पटक हेरिएको
Shares
जिरो कमिसनमा गाडी किनबेचको सुविधा दिदै क्यास अन ह्वील

सारांश

  • नेपालमा ग्राहकलाई नयाँ पुराना गाडी बेच्नका लागी जतासुकै विक्रि केन्द्रहरु रहेका छन् ।
  • तर सवारी धनीले भने सजिलै गाडी बेच्न पाउने अवस्था अझै सहज बनिसकेको छैन ।
  • गाडी बेच्न चाहने सवारी धनीको सुविधालाई ध्यानमा राखेर नयाँ कम्पनी क्यास अन ह्वील बजारमा आएको छ ।

नेपालमा ग्राहकलाई नयाँ पुराना गाडी बेच्नका लागी जतासुकै विक्रि केन्द्रहरु रहेका छन् । तर सवारी धनीले भने सजिलै गाडी बेच्न पाउने अवस्था अझै सहज बनिसकेको छैन । गाडी बेच्न चाहने सवारी धनीको सुविधालाई ध्यानमा राखेर नयाँ कम्पनी क्यास अन ह्वील बजारमा आएको छ ।

के हो क्यास अन ह्वील ?
अटोमोबाइलको क्षेत्रमा लामो अनुभव बटुलेका व्यक्तिहरुको सक्रियतामा स्थापना भएको क्यास अन ह्वील काठमाडौँमा सुकेधारामा रहेको छ । क्यास अन ह्वीले गाडी बेच्ने भन्दा पनि सवारी धनीको गाडी किन्ने विषयलाई प्राथमिकतामा राखेको छ । कम्पनीले बजारमा प्रचलित मूल्यभन्दा केही बढीमै गाडी किनिरहेको सञ्चालक मोहन भण्डारीले बताए । भण्डारी भन्छन् बजारमा जति सजिलोसँग गाडी किन्न पाइन्छ, त्यति नै सहजरुपमा बेच्न पनि सकिन्छ भन्ने मान्यता स्थापित गर्न हामीले यो कम्पनी सुरु गरेका हौ ।

गाडी कसरी किनिन्छ ?
क्यास अन ह्वीलमा एकदमै सजिलै गाडी बेच्न सकिने भण्डारीले बताए । गाडी बेच्न चाहने गाडीधनीले आफ्नो गाडीको फोटो पठाएपछि कम्पनीले आकर्षक विज्ञापन बनाई क्यास अन ह्वीलले ग्राहक खोजिदिने समेत काम गर्छ । ३ महिनादेखि सञ्चालनमा आएको कम्पनीले ६ महिनासम्म जिरो प्रतिशत कमिसनमा गाडी किन्ने र बेच्ने गरिरहेको छ । यो सुविधा अझै ३ महिना बाँकी रहेको सञ्चालक भण्डारीले बताए । आफुहरुले सवारीधनीबाट गाडी किन्दा उच्च तालिमप्राप्त प्राविधिकले जाँचेर ठीक छ भनेपछि मात्रै किन्ने उनले उल्लेख गरे ।

सवारीधनीबाट किनिएका गाडीलाई फेरि ग्राहक खोज्ने काम पनि क्यास अन ह्वीलले नै गर्छ । गाडी किन्दा नै राम्रो कन्डिसनमा रहेको र प्राविधिकले जाँचेर किनेको हुँदा गाडी किन्ने ग्राहकले आफु कमसल गाडी फसिएला भन्ने चिन्ता गर्नै नपर्ने भण्डारीले दावी गरे । क्यास अन ह्वीलबाट गाडी किन्ने ग्राहकलाई फाइनान्सको सुविधा पनि उपलव्ध गराइने भण्डारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?