४८२ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार ४६
सारांश
- काठमाडौं, १७ असार ।
- नेपालमा आज ४ सय ८२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
- यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको छ ।
काठमाडौं, १७ असार । नेपालमा आज ४ सय ८२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितमा ३६५ पुरुष र ११७ महिला छन् । कुल १४ हजार ४६ संक्रमितमध्ये पुरुष १२ हजार २ सय ७२ र १७ सय ७४ महिला छन् ।
यसअघि हिजो कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको थियो । हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया