छैनन् डोटीका ३३ वडामा वडासचिव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
छैनन् डोटीका ३३ वडामा वडासचिव

सारांश

  • डोटी ।
  • डोटी जिल्लाको ६५ वडामध्ये ३३ वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ ।
  • जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ ।

डोटी । डोटी जिल्लाको ६५ वडामध्ये ३३ वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए । उनले भने, “वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् ।”

जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका चार वडामा सचिव छैनन् । नौ वडा रहेको नगरपालिकामा वडा नं ५, ७, ८, ९ सचिवविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए ।

त्यस्तै ११ वडा रहेको शिखर नगरपालिकामा पनि चार वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले दुई वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताए । बडीकेदार गाउँपालिकामा वडा सङ्ख्याका आधारमा सचिव छैनन् । पाँच वडा रहेको यस गाउँपालिकामा तीन वडा सचिवविहीन छन् । वडा नं १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताए ।

छ वडा रहेको जोरायल गाउँपालिकामा पनि दुईवटा वडामा सचिव छैनन् । वडा नं ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए । वडासचिव नभएका वडामा अन्य कर्मचारीबाट कार्य सञ्चालन भइरहेको उनले बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका छवटा वडामा सचिव छैनन् । सात वडा रहेको यस गाउँपालिकामा नं ३ मा मात्र वडासचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए। वडासचिव नभएका वडामा अन्य प्राविधिक र करारका कर्मचारीले काम गरिरहेका उनले बताए ।

त्यस्तै सात वडा रहेको केआईसिंह गाउँपालिकामा पनि दुई वडा सचिवविहीन छन् । वडा नं १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए। पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकतानुसार वडासचिव छैनन् । सात वडा रहेको यस पालिकाका तीनवटा वडामा सचिवको दरबन्दी रिक्त छ । सचिव नहुँदा वडा नं ३ र ७ मा एक जनाले हेरिरहेका छन् भने २ र ६ मा वडासचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीले काम चलाइरहेका छन् ।

सात वडा रहेको आदर्श गाउँपालिकामा पनि तीनवटा वडा सचिवविहीन छन् । वडा नं ३, ५ र ७ मा वडासचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए । पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताए ।

प्रदेशका ८८ स्थानीय तहमध्ये ३९–४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ । कर्मचारी अभाव भए/नभएको आफूहरूलाई थाहा नहुने जनाउँदै उनले भने, “हामीले स्थानीय तहको मागअनुसार मात्र विज्ञापन खोल्ने गरेका छौँ ।” वडासचिव मात्र होइन, जिल्लाका स्थानीय तहमा अन्य पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४
राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४
ऋण दिने लोभ देखाएर बलात्कर गर्ने बैंक म्यानेजर पक्राउ
आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय
आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय
KBC Question 12, Which Of The Following Rulers Fought A Famous Battle On the Banks of the Jhelum River ?
KBC Question 12, Which Of The Following Rulers Fought A Famous Battle On the Banks of the Jhelum River ?
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
भौतिक मन्त्रालय एक महिनादेखि सकसमा
भौतिक मन्त्रालय एक महिनादेखि सकसमा
प्रचण्डको आखिरी चमत्कार वाम एकता-–प्रदीप गिरि
प्रचण्डको आखिरी चमत्कार वाम एकता-–प्रदीप गिरि
पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !
पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !

तपाईंले छुटाउनुभयो कि?