पारस र ललित चम्किँदा नेपालको सानदार जित
सारांश
- लन्डन, ६ साउन।
- इंग्ल्यान्डको लर्ड्समा हुने टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सानदार जित हासिल गरेको छ ।
- कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङ र स्पिनर ललित राजवंशीको बलिङले नेपालले हाम्सायर हगलाई २४३ रनको फराकिलो अन्तरले हराएको हो ।
लन्डन, ६ साउन। इंग्ल्यान्डको लर्ड्समा हुने टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सानदार जित हासिल गरेको छ ।
कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङ र स्पिनर ललित राजवंशीको बलिङले नेपालले हाम्सायर हगलाई २४३ रनको फराकिलो अन्तरले हराएको हो । खेलको म्यान अफ द म्याच कप्तान पारस खड्का भए ।
ह्याम्पसायर हग्ससँग विरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले सुरुका ओभरमा संघर्ष गर्नुपरेको थियो । २० रनभित्रै दुव ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ५ र ११ रनमा फर्केपछी सरद भेषावकर र कप्तान पारस खड्काले केही समय इन्निङ सम्हालेका थिए । अर्का भरपर्दा ब्याट्सम्यान सरद पनि मात्र १४ रन बनाएर आउट भएपछी कप्तान र युवा खेलाडी दिपेन्द्र सिँह ऐरीले १ सय १० रनको साझेदारी गरे ।
त्यसैगरी नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी–ट्वेन्टी खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी–ट्वेन्टी खेल खेल्नेछ ।
चार अभ्यास खेलेपछि नेपालले इंग्ल्यान्डको लडस्मा जुलाई अन्तिम साता हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोनबीच त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्नेछ ।
प्रतिक्रिया