वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
२० पटक हेरिएको
Shares
वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा

सारांश

  • भक्तपुर, कात्तिक ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनु भएको छ ।
  • नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले शुक्रबार गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको बताउनुभयो ।
  • “लोकतन्त्र, प्रजातन्त्र र नागरिकको अधिकारलाई कुनै हालतमा अक्षुग्ण राख्नु जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्” प्रधानमन्त्री देउवाले भन्नुभयो “लोकतन्त्रको खतरा टार्न आसन्न चुनावमा कांग्रेसको विजयी जरुरी रहेको छ ।

भक्तपुर, कात्तिक ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले शुक्रबार गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको बताउनुभयो ।

“लोकतन्त्र, प्रजातन्त्र र नागरिकको अधिकारलाई कुनै हालतमा अक्षुग्ण राख्नु जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्” प्रधानमन्त्री देउवाले भन्नुभयो “लोकतन्त्रको खतरा टार्न आसन्न चुनावमा कांग्रेसको विजयी जरुरी रहेको छ ।”

वाम गठबन्धनले प्रजातन्त्रमा खतरामा परेको बताउँदै उहाँले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कम्युनिष्ट अधिनायकवाद ल्याएर नागरिकमा डर, त्रासको शासन गर्न खाजेको आरोप भन्दै उहाँले भन्नुभयो “कम्युनिष्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासन भन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन् ।”

राष्ट्रवादको कुरा गर्ने कम्युनिष्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भनाई राख्दै प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले नेपाली कांग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एक ढिक्का भएर बढे कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने उहाँको भनाई थियो ।

नेपाल अहिले बडो अप्ठ्यारोमा परेको औल्याउँदै उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गरी पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायी रुपमा लोकतन्त्रलाई अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वाम गठबन्धनबाट नेपाली कांग्रेस आत्तेको छैन भन्दै राणा, पञ्चायत, एमाले र माओवादीसँग लड्दै आएको कांग्रेस अझै लड्न तयार भएको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले जय नेपाल भक्तपुर नामक स्मारिका विमोचन गर्नुभयो । कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव उद्धव सिलवाल, का‌ंग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति नारायण खायमली, क्षेत्र नं. २ का सभापति जीवन खत्री लगायतले आसन्न चुनावमा कांग्रेस मिलेर अगाडि बढ्ने पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?