नेपाल भर्सेस यमन- 04:11 बजे सम्मको अपडेट
सारांश
- समय 04:10- नेपाल र यमनले एसियन कप छनौट अन्तरगतको समूह एफ को आफ्नो दोश्रो खेलमा अङ्क बाँडेका छन् ।
- दुवै टोलीले राम्रा अवसरहरू सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
- समय 04:07- आजको खेल समाप्त भएको छ ।
नेपाल र यमनले एसियन कप छनौट अन्तरगतको समूह एफ को आफ्नो दोश्रो खेलमा अङ्क बाँडेका छन् । दुवै टोलीले राम्रा अवसरहरू सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
आजको खेल समाप्त भएको छ ।
खेल सक्किन अब केही सेकेण्ड मात्र बाँकी छ ।
दुवै कोच नयाँ खेलाडी भित्र्याएर गोल गर्ने अवसरको खिजिमा रहेको देखिन्छ तर यसो भइरहेको छैन ।
नेपालका नवयुगको ठाउँमा अनिल गुरुङ मैदान प्रवेश गरेका छन ्
यमनले खतरनाक स्थानमा फ्रिकिक पाएको छ ।
खेलमा ४ मिनेट थप गरिएको छ
नेपालले खेलाडी परिवर्तन गरेकाो छ अञ्जनको स्थानमा विमल घर्तीमगर मैदानमा प्रवेश गरेका छन्
यमनका खेलाडी मुदिर अल रहिदी र नेपालको नवयुग श्रेष्ठबिच ट्याकल हुँदा यमनका खेलाडीले पहेँलो कार्ड पाएका छन्
यमनले खेलाडी परिवर्तन गरेको छ । फताहा अलिको स्थानमा फवाद सालेह महम्मद आएका छन् ।
यमनले फितलो आक्रमण गरेको छ । तौफिक अलिको प्रहार किरण चेमजोङले सजिलै बचाए ।
नेपालका अञ्जन बिष्ट यमना बाहरोइसको ट्याकलमा घाइते भएका छन् । खेल केही बेर रोकिएको थियो।
अब ७ मिनेट मात्र बाँकी छ । नेपाल ०, यमन ०
८२ औ मिनेटमा बक्स नजिकैबाट यमनका अल्लाह महमदले प्रहार गरेको फ्रिकिक किरण चेमजोङले पञ्च गरेर बाहिर पठाएका छन् ।
यमनले खेलाडी परिवर्तन गरेको छ । मुदिर अल रदाईको स्थानमा नातेक्वहेजाम मैदान प्रवेश गरेका छन्
७९औ मिनेटमा नेपालका रोहित बक्न्दस भित्र प्रहार गरेको सट यमनका बारोइसको खुट्टामा लागेर पोष्ट नजिकैबाट बाहिरिएको छ । नेपालले कर्नर पाए पनि यसको सदुपयोग गर्न सकेन
१८ मिनेटको खेल बाँकी रहँदा नेपाल ० यमन ०
१८ मिनेटको खेल बाँकी रहँदा नेपाल ० यमन ०
नेपालले खेलाडी परिवर्तन गरेको छ, चोटग्रस्त आदित्य चौधरीका स्थानमा देवेन्द्र तामाङ मैदानमा प्रवेश गरेका छन् ।
यसै बिच यमनले खेलाडी परिवर्तन गरेको छ। महम्मको स्थानमा अहमद अब्दुल्लाह मैदानमा प्रवेश गरेका छन् ।
यमनको यो फ्रिकिक खतरनाक हुन सक्थो तर बल बाहिर गएको छ ।
रोहित चन्दले अमद नबिलमाथि फाउल गरेका थिए ।
यमनले बक्स बाहिरबाट फ्रिकिक पाएको छ।
भरत खवासले करिब ३० यार्ड बाट फितलो प्रहार गरेका छन् । बल किपरले सजिलेै समाते ।
नेपाली खेलाडीहरू थाकिसकेको देखिएको छ । उनीहरूले छोटो छोटो पास पनि मिस गरिरहेकका छन् ।
अञ्जन बिष्टको प्राहार कप्तान महमम्द इब्राहिमले मुश्किलले बचाएका छन् र नेपालले कर्नर पाएको छ ।
अञ्जन बिष्टको प्राहार कप्तान महमम्द इब्राहिमले मुश्किलले बचाएका छन् र नेपालले कर्नर पाएको छ ।
कर्नर किक बाहिर गएपछि नेपालको खतरा टरेको छ ।
अनन्त तामाङले अब्दुल वासेफलाई दायाँ कर्नर नजिकै लडाएपछि यमनले खतरनाक फ्रिकिक पाएको छ ।
दोश्रो हाफमा दुवै टोलीले गतिलो मुभ बनाउन सकिरहेका छैनन् ।
५८औ मिनेटमा नवयुग श्रेष्ठ वान भर्सेस वान मा पनि चुकेका छन् । पोष्ट खालि हुँदा समेत उनले किपरलाई झुक्याउन सकेनन् ।
उनी मैदान भित्र फेरि प्रबेश गरेका छन् ।
उनी मैदान भित्र फेरि प्रबेश गरेका छन् ।
यमनका अलाह महम्मदको प्रहार किरण चेमजोङले मुश्किलले बचाएका थिए तर रेफ्रीले अफसाइड दिएपछि नेपाली टोलीले राहतको महसुस गरेको छ ।
हलचोकको शसस्त्र प्रहरी खेल मैदाममा भइरहेको एसियन कप छनौट प्रतियोगिता अन्तरगतको समूह एफको खेलमा दोश्रो हाफको ८औ मिनेटमा यमनका अहमद नबिलको प्रहार खतरनाक रुपमा पोल नजिकै बाट बाहिरेको छ
हलचोकको शसस्त्र प्रहरी खेल मैदाममा भइरहेको एसियन कप छनौट प्रतियोगिता अन्तरगतको समूह एफको खेलमा दोश्रो हाफको ८औ मिनेटमा यमनका अहमद नबिलको प्रहार खतरनाक रुपमा पोल नजिकै बाट बाहिरेको छ
यमनका खेलाडी शारीरिक रुपमा बलिुया देखिएका छन्
४७औ मिनेटमा नेपालले पाएको कर्नरमा अनन्त तामाङले हेड गर्ने मौका गुमाए
अब पहिलो हाफ सकिएको छ । नेपाल ० यमन ०
यमनको रक्षा टोलीको प्रदर्शन त्यति राम्रो देखिएको छैन । त्यही पनि नेपाली अग्र पङ्तिले यसको फाइदा उठाउन सकेको छैन ।
दर्शकहरु ‘नेपाल नेपाल’ चिच्याएर घरेलु टोलीलाई हौस्याई रहेका छन् ।
अञ्जनको प्रहारलाई गोलमा परिणत गर्ने मौका भरत खवासले फेरि पनि गुमाएका छन् ।
नेपालले दोश्रो कर्नर पाएको छ।
नेपालका कप्तान विराज महर्जनले हिँजो भएको पत्रकार सम्मेलनमा भनेका थिए नेपालको रणनिति गोल गर्न निदिने हो । यही रणनितिमा टोली खेलिरहेको देखिएको छ ।
नेपालका कप्तान विराज महर्जनले हिँजो भएको पत्रकार सम्मेलनमा भनेका थिए नेपालको रणनिति गोल गर्न निदिने हो । यही रणनितिमा टोली खेलिरहेको देखिएको छ ।
अनन्त तामाङले अब्दुल वासेमाथि फाउल गरेपछी पाएको फ्रिकिकलाई गोलमा परिणत गर्न सकेन ।
यमने खतरनाक स्थानबाट फ्रिकिक पाएको छ ।
नेपालका विशाल राईले नवयुगको क्रस कलेक्ट गर्न सक्दा नेपालले मौका गुमाएको छ
नेपालका किपर किरण चेमजोङले पुन: अर्को बचाव गरेका छन् ।
यमनले बक्स बाहिर बाट फ्रिकिक पाएको छ ।
३७औ मिनेटको खेल सकीँदा नेपाल ० यमन ०
सुजल श्रेष्ठले प्रहार गरेको फ्रि किक यमनको वालमा लागेको छ । यमनको खतरा टरेको छ ।
अहमद अलिले बक्स नजिकै अञ्जन बिष्टलाई लडाएपछि फ्रिकिक पाएको हो ।
समय 02:44- नेपालले बक्स बाहिरबाट फ्रि किक पाएको छ
समय 02:43- २६ औ मिनेटमा कर्नरमा शरुुमा अनन्त तामाङ, त्यसपछि सुजल श्रेष्ठ र भरत खवासले बल कलेक्ट गर्न नसक्दा नेपालले सुनौलो अवसर गुमाएको छ ।
समय 02:42- कर्नर प्रहार गर्न अञ्जन बिष्ट आएका छन् ।
समय 02:41- नेपालले पहिलो कर्नर पाएको छ
समय 02:40- २४ औ मिनेटको खेल सकिँदा नेपाल ० यमन ०
समय 02:38- यमनका वाहिद महमम्दले भरत खवासमाथि फाउल गरेपछि नेपालले फ्रि किक पाएको छ । विशालराई को फ्रिकिकमा अनन्त तामाङले गरेको हेडिङ पोष्ट बाहिर गएको छ ।
समय 02:37- सहायक कोच राजु शाक्यले बेञ्चबाट बाहिर आएर खेलाडीहरूलाई निर्देशन दिँदै छन् ।
समय 02:35- यमनका स्ट्राइकर अहमद नबिल आजको खेलमा प्रभावशाली देखिएका छन् । भर्खरै मात्र उनले हेडिङ गरेर गोल गर्ने प्रयास गरेका छन् ।
समय 02:33- दुवै टोली आक्रमण गर्ने भन्दा पनि पोजसन बचाउने रणनितिमा लागेको देखिएको छ ।
समय 02:33- सन् २०१४ बाट लिग नभएको यद्ध ग्रस्त यमनाका खेलाडीहरुको खेलमा लय भने देखिएको छैन ।
समय 02:32- फिफा वरियतमा यमन नेपाल भन्दा ४५ स्थान माथि छ । यमनलका खेलाडीहरु शारीरिक रुपमा पनि बलिया देखिन्छन् ।
समय 02:31- अहिलेसम्म यमनले नेपाली पोष्टमा २ पटक दरिलो आक्रमण गरिसकेको छ । दुवै पटक गोलकिपर चेमजोङले उत्कृष्ट रक्षण गरेका थिए ।
समय 02:30- १३औ मिनेटमा भरत खवासको लेफ्ट फुटेड सट क्रसबार नजिकैबाट बाहिरिएको थियो ।
समय 02:29- अहिलेसम्म नेपाले बलियो आक्रमण गर्न सकेको छैन ।
समय 02:28- १२औ मिनेटमा यमनका मोहमम्द नबिलको प्रहार किरण चेमजोङले उत्कृष्ट बचाव गरेका छन्
समय 02:28- यमनको गोलको नजिक थियो ।तर, किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका छन् ।
समय 02:27- ७ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने मौका गुमाएका थिए ।
समय 02:26 – नेपाली टोलीले आज भने सकेसम्म एयरबल नखेल्ने रणनिति बनाएको देखिन्छ ।
अहमद नबिल ५ मिनेटमा गरेको प्रहार किपर चेमजोङले बचाएका छन् ।
प्रतिक्रिया