तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ६, २०८०
|
|
२६ पटक हेरिएको
Shares
तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत

सारांश

  • काठमाडौं ।
  • बुधबारको १ सय किलो सुन काण्डमा प्रमुख नाइके चिनियाँ नागरिक भएको र नेपालको मुख्य व्यक्ति नेपालका २१ वर्षे दिलिप भुजेल भनिए तापनि सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् ।
  • २१ वर्षे ठिटोले १ अर्बको सुन जोखिम मोलेर ल्याउन नसक्ने र जुनसुकै बेलामा पक्राउ परेर जफत हुन सक्ने जोखिम उठाएर यति धेरै सुन ल्याइनुको अर्थ यसमा ठूलो गिरोह हुनुपर्ने आशंका गरिएको छ ।

काठमाडौं । बुधबारको १ सय किलो सुन काण्डमा प्रमुख नाइके चिनियाँ नागरिक भएको र नेपालको मुख्य व्यक्ति नेपालका २१ वर्षे दिलिप भुजेल भनिए तापनि सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् ।

२१ वर्षे ठिटोले १ अर्बको सुन जोखिम मोलेर ल्याउन नसक्ने र जुनसुकै बेलामा पक्राउ परेर जफत हुन सक्ने जोखिम उठाएर यति धेरै सुन ल्याइनुको अर्थ यसमा ठूलो गिरोह हुनुपर्ने आशंका गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ तीन जना पक्राउ परेसँगै पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागले ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ र अर्का एक जना पनि काठमाडौंबाट पक्राउ गरिएपछि पक्राउ पर्नेको संख्या १० पुगेको हो । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारी अवैध रूपमा भित्रिएको सुन प्रकरणको अनुसन्धानका लागि निलम्बनमा परेका छन् ।

भन्सार विभागका निर्देशकसमेत रहेका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेकसु’को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

३० असारमा हङकङकबाट काठमाडौं ल्याइएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । ‘रेडी ट्रेड’सँग ‘ट्रान्स ग्लोबल सर्भिस’को कनेक्सन देखिएपछि सञ्चालकलाई पक्राउ गरिएको हो ।

चिनियाँ, नेपाली र भारतीय सम्मिलित टोलीले ल्याएको १ सय किलोभन्दा सुन राजस्व अनुसन्धान विभागले बरामद गरेसँगै पक्राउ परेकालाई छानबिन गर्न १० दिनको म्याद थप गरिसकेको छ ।

यो सुन प्रकरणसँगै नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट भइरहेको थप पुष्टि भएको छ । अहिलेसम्म भएका सुन तस्करीको ट्रान्जिट नेपाल भए पनि त्यसको बजार भने भारत रहेको यसअघिका तस्करीले पनि देखाएको छ ।

सुन तस्करी एउटा संगठित अपराधका रूपमा मौलाएको बुधबार बरामद सुनको परिणामले पनि पुष्टि हुन्छ ।

चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करले दक्षिण छिमेकी भारत पु¥याइरहेको विभिन्न अध्ययनले देखाएको छ । विभिन्न तीन तहमा सक्रिय तस्करले चीनबाट सुन नेपाल पठाउने, काठमाडौंमा भण्डारण गर्ने, काठमाडौंबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेको बताइन्छ ।

नेपाललाई सुन तस्करी बनाइरहँदा प्रहरी चुप लागेर नबसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्सेनी किलोका किलो सुन पक्राउ गरिँदै आएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०–७१ देखि २०७९–८० सम्म तस्करी गरेर ल्याइएको सुनमध्ये ८ सय १ किलो सुन बरामद भएको छ ।

यसमध्ये सबैभन्दा बढी २०७४–७५ मा २ सय किलो र २०७१–७२ मा १ सय ७८ किलो सुन बरामद भएको तथ्यांकले देखाउँछ । र, तस्करीमा संलग्न ७ सय ६ जना पक्राउ परेका छन् । एकैपटक १ सय किलो बरामद भएको भने बुधबारको घटना नै पहिलो हो ।

२०७२ भूकम्पअघि नेपाल–चीनको खासा बोर्डरबाट स्थल मार्ग हुँदै सुन तस्करी हुन्थ्यो । अहिले खासा नाका बन्द भएपछि सुनको तस्करी त्रिभुवन विमानस्थलबाटै हुने गरेको छ ।

नेपालमा सुनको तस्करी तीन तहको घेरामा हुने गरेको पाइएको छ । पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाइदिनेसम्म जिम्मेवारी सम्हाल्ने गरेको प्रहरीको भनाइ छ ।

तेस्रो तहका कारोबारी भने नेपाल–भारत सीमामा बस्ने गरेको बताइएको छ । काठमाडौंमा स्टोर भएको सुन स्थल मार्ग हुँदै भारतीय कारोबारीसम्म पु¥याउने जिम्मा उनीहरूकै रहेको बुझाइ पनि छ ।

तस्करीको अनुसन्धानमा खटिएका अधिकृत र उनीहरूले तयार पारेको प्रतिवेदनले सुन तस्करीमै संलग्न व्यक्ति नै वैदेशिक मुद्रा र हुन्डी कारोबारमा संलग्न हुने गरेको पनि पाइएको छ ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०६९–७० मा ६९ किलो फेला परेको थियो । २०७०–७१ मा १ सय ४१ किलो बरामद भएको थियो । २०७१–७२ मा १ सय ७८ किलो बरामद भएको थियो । त्यतिबेला अधिकांश सुन स्थल मार्गबाट लुकाइछिपाइ उपत्यका भिœयाउने क्रममा बरामद भएका हुन् ।

२०६९ देखि आर्थिक वर्ष २०७१–७२ सम्म सबैभन्दा धेरै अवैध सुन उपत्यकामै बरामद भएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा देशभरि २ सय ६५ किलो अवैध सुन फेला परेकामा उपत्यकामै १ सय ४७ किलो बरामद भएको थियो ।

आर्थिक वर्ष २०७१–७२ मा कुल १ सय ७८ किलो सुन बरामदसँगै ८६ जना पक्राउ परेका थिए । २०७२–७३ मा कुल ७२ किलो पक्राउ परेको थियो भने ९८ जना पक्राउ परेका थिए । २०७३–७४ मा ८५ जनालाई पक्राउ गरी ६४ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

२०७४–७५ मा कुल २ सय किलो सुन बरामद गरिएको थियो भने ५८ जना पक्राउ परेका थिए । यसैगरी, २०७५–७६ मा ५१ किलो सुन बरामद गर्दै प्रहरीले सवैभन्दा बढी अर्थात् १ सय १५ जना पक्रेको थियो ।

नेपाल प्रहरीको तथ्यांकअनुसार २०७६–७७ मा ३० किलो सुनसँगै ३० जना पक्राउ गरेको थियो । त्यस्तै, २०७७–७८ मा ३२ किलो सुन र ५५ जना तस्कर समातिएका थिए । २०७८–७९ मा भने २३ किलो सुनसँगै ८८ जना पक्राउ परेका थिए । २०७९–८० मा १० किलो सुन र ९१ जना पक्राउ परेको प्रहरीको तथ्यांक रहेको छ ।

कोरोना र भूकम्पभन्दा अगाडिसम्म तस्करले खासाबाट सामान ल्याउने कन्टेनर, जिप र साना व्यक्तिगत सवारीमा फल्स बटम बनाएर सुन भिœयाउने गरेका थिए ।

यसरी उपत्यका भित्र्याउने सुन पटकपटक प्रहरीको फन्दामा पर्न थालेपछि व्यापारीले कम्मरमा बाँधेर, जुत्ताको सोलमा राखेर र मोटरसाइकलको डिकीमा लुकाएर तस्करी गर्न थालेका थिए ।

स्थल मार्गमा कडाइ भएपछि कारोबारी हवाई मार्गतिर लागे । कारोबारीले दुबई, हङकङ, कतार र मलेसियाबाट काठमाडौं आउने हवाई रुट तस्करीमा उपयोग गर्न थालेका थिए । राजधानी दैनिकबाट

(newslive.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Lust for sex, rising cost driving couples to live-in relationship
Lust for sex, rising cost driving couples to live-in relationship
विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति
विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति
एन्फाको नयाँ नेतृत्व चयन हुँदै
एन्फाको नयाँ नेतृत्व चयन हुँदै
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..
टेलिकमले ३० प्रतिशत सेयर दिएर अन्तर्राष्ट्रिय साझेदार भित्र्याउँदै
टेलिकमले ३० प्रतिशत सेयर दिएर अन्तर्राष्ट्रिय साझेदार भित्र्याउँदै
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
भारतमा योगी आदित्यनाथ र मायावतीलाई चुनावी प्रचारप्रसारमा प्रतिबन्ध !
भारतमा योगी आदित्यनाथ र मायावतीलाई चुनावी प्रचारप्रसारमा प्रतिबन्ध !

तपाईंले छुटाउनुभयो कि?