सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
५५ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सारांश

  • मेलम्ची।
  • सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ।
  • जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए।

मेलम्ची। सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए।

उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताए। सो क्षेत्रमा हाल देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरु गरिएको छ। बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईले बताए।

साथै त्यहाँको भाइरल सङ्क्रमणबारे जाँच गर्न आफूहरुले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको बताए। यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दूरीमा छ। अहिले जलवीरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुग्नुभएको छ।

गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जनाकारी दिए। गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचारसमेत गरको छ। सो स्थानमा विगत तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको हो।

दुईजना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्। आज बिहानसम्म २०१ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन्। उनीहरुमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन
पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
आजको मौसम: मुलुकभर वर्षाकाे संभावना
दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा
दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
मतदाता परिचयपत्र वितरण सुरु
मतदाता परिचयपत्र वितरण सुरु
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
पश्चिम सेतीमा चाइनाको चासो बढ्यो
पश्चिम सेतीमा चाइनाको चासो बढ्यो
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली