देउवा–पौडेल भित्र लफडा: पौडेल–सिटौलाको चक्रपथमा छुट्टै भेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३२ असार।
  • नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सोमबार छुट्टै भेला बोलाएको छ ।
  • दुबै गुटका नेता तथा केन्द्रीय सदस्यलाई राजधानीको चक्रपथस्थित ढुंगेधारमा बिहान ११ बजेदेखि भेला शुरु भएको छ ।

काठमाडौं, ३२ असार। नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सोमबार छुट्टै भेला बोलाएको छ । दुबै गुटका नेता तथा केन्द्रीय सदस्यलाई राजधानीको चक्रपथस्थित ढुंगेधारमा बिहान ११ बजेदेखि भेला शुरु भएको छ । असार १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पक्षका नेताहरुलाई बोलाएर विशेष छलफल गरेका थिए।

पार्टीलाई सुधारको बाटोमा लैजान आफू तयार रहेको भन्दै त्यस दिन देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतलाई आश्वस्त पारेका थिए । त्यस दिनको छलफलपछि कांग्रेसमा सुधारको संकेत देखिएको चर्चा गरिएको थियो । १९ गते देउवाको निम्तोमा १८ जना शीर्ष तहका नेताहरु एकै ठाउँमा भेला भएका थिए । त्यस दिन सौहाद्र तरिकाले भेटघाट सम्पन्न गर्ने रणनीति लिएका देउवाले आफैले बोलाएको बैठकमा विषय प्रवेशको मौका पौडेललाई दिएर माहौल झन खुशीयाली मात्रै होइन, पौडेलप्रति सम्मान पनि दर्शाएका थिए ।

तर गुटगत राजनीतिकले जरा गाडेको कांग्रेसभित्र एक दिनको भेलाले समस्या समाधान गर्ने सम्भावना कम हुँदै गएको छ । एकजुट देखाउनका लागि गरिएको भेला सकिएको दुई हप्ता वित्न नपाउँदै दृश्य बदलिएको छ । रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएपछि पार्टीभित्र विवाद बढ्दै गएको स्पष्ट भएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको भनिए पनि पौडेल आफैंले भेला बोलाएका हुन् ।

भेलामा देउवा इतर समूहका सबै केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । भेलामा पौडेलसँगै नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीलगायत पनि हुनेछन् । नेताहरुका अनुसार पार्टी सभापति देउवाले साउन २ मा शीर्ष नेताहरुको बैठक बोलाएका छन् । यो बैठकमा महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका एजेण्डा छ ।

उक्त बैठक अघि राय संकलनका लागि पौडेल समूहले छुट्टै भेला बोलाएको हो ।यो बैठकपछि देउवा भने स्वास्थ्य उपचारका लागि ६ गते देश बाहिर जाने कार्यक्रम छ । भेलाको तयारीका क्रममा देउवा इतर समूहका प्रमुख नेताहरुको बैठक बसेको थियो, जहाँ पौडेलले आफू पार्टी सभापतिसँग नमिलेको स्पष्टीकरण लिएका छन् । पौडेलले आफूलाई बदनाम गर्ने योजनाअनुसार नै देउवासँग मिलेको खबर फैलाइएको हुन सक्ने आशंका गरेका छन् । असार १९ गते देउवाले बोलाएको भेलामा पौडललगायतका नेता उपस्थित भएपछि देउवासँग पौडेल मिल्न लागेको भन्दै केही नेताहरु असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Finance Minister calls for more investment for development
Finance Minister calls for more investment for development
क्यामेरा जडान गरी बाघको गणना शुरु
क्यामेरा जडान गरी बाघको गणना शुरु
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकल चालकको मृत्यु
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित

तपाईंले छुटाउनुभयो कि?