अमेरिकामा नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
७६ पटक हेरिएको
Shares
अमेरिकामा नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला

सारांश

  • काठमाडौं, १० जेठ ।
  • हाल टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पाइरहेका नेपालीहरुले यो सुविधाको निरन्तरताको लागि मे महिनाको २२ तारिख देखि जुलाई २३ सम्म पुनः दर्ता गर्न आव्हान गरेको छ ।
  • अमेरिकाको यूएस सिटिजन्सीप एण्ड इमिग्रेसन सर्भिसले मंगलबार उक्त आव्हान गरेको हाे ।

काठमाडौं, १० जेठ । हाल टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पाइरहेका नेपालीहरुले यो सुविधाको निरन्तरताको लागि मे महिनाको २२ तारिख देखि जुलाई २३ सम्म पुनः दर्ता गर्न आव्हान गरेको छ ।

अमेरिकाको यूएस सिटिजन्सीप एण्ड इमिग्रेसन सर्भिसले मंगलबार उक्त आव्हान गरेको हाे । हाल यो सुविधा पाउनेहरुको म्याद सन् २०१९ जुन महिनाको २४ तारिख सम्ममात्र छ ।

यसरी पुनः दर्ता गर्नेले निवेदकले टिपिएसको लागि आई–८२१ फर्म भरेर बुझाउनु पर्ने जानकारी दिइएको छ । त्यस्तैगरी आई–७६५ फर्ममा इम्प्लोइमेन्ट एप्लीकेसन डकुमेन्ट समेत बुझाउनु पर्नेछ ।

यसरी पुनः दर्ता गर्ने सबैले टिपिएस सुविधा पाउँछ भन्ने पक्का हुँदैन तर योग्यता पुगेका र वैध रुपमा बसेकाहरुले यो सुविधा पाउने जानकारी दिइएको छ । यद्यपी टिपिएस सुविधाको म्याद नथप्ने निर्णय गरेपनि नेपालीहरुको इम्प्लोइमेन्ट एप्लीकेसन डकुमेन्टको म्याद चाहिं स्वतः १८० दिनले बढाइएको छ । अब यसको म्याद डिसेम्बर २१, २०१८ सम्म रहने छ ।

गत महिना अमेरिकाको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिष्टीयान निल्सनले नेपालीले पाउँदै आएको टिपिएस सुविधाको म्याद नथप्ने निर्णय गरेकी थिइन । तत्पश्चात उनले परिवर्तीत अवस्था व्यवस्थीत गर्नको लागि समय दिन टिपिएसको म्यादलाई १२ महिनापछि मात्र सकिने बनाएकी थिइन् । अब नेपालीले पाएको टिपिएस सुविधा सन् २०१९ को जुन २४ मा सकिनेछ ।

नेपालमा गएको विनाशकारी भुकम्पपछि अमेरिकाले नेपालीहरुको लागि टिपिएस सुविधा प्रदान गरेको थियो । हाल करिब ९ हजार नेपालीहरुले यो सुविधा पाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
विश्व कोरोना भाइरससँग जुधीरहँदा उत्तर कोरियाले किन यस्तो गर्यो ?
विश्व कोरोना भाइरससँग जुधीरहँदा उत्तर कोरियाले किन यस्तो गर्यो ?
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ
‘चीन र फ्रान्स विशेष मित्र’ ः राष्ट्रपति सी
‘चीन र फ्रान्स विशेष मित्र’ ः राष्ट्रपति सी
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण
आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने
आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने
रोनाल्डोले रियल मड्रिड छाड्ने !
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
कांग्रेससँग गठबन्धन तोड्दै देशभर उम्मेदवारी दिने राप्रपाको तयारी
पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो
पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो