सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
सारांश
- काठमाडौं ।
- बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।
- नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ ।
काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।
नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ । लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रू २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो ।
निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया