जुम्लामा नदीले बगाउँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु

सारांश

  • जुम्ला ।
  • जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
  • जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिए ।

जुम्ला । जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिए ।

हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी थिइन् । त्यहीबेला नदीको छालले चिप्ल्याएर बगाउँदा घटना घटेको हो । नदीले लौडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि मैनाको मृत्यु भएको छ । नदीको बहाव अत्यधिक बढेको हुनाले उनलाई बचाउन सकिएन ।

मृतक बालिका उक्त पालिकाको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ । उनको शव कोटघर स्वास्थ्यचौकीमा राखिएको छ । शव परीक्षणका लागि जिल्लाबाट टोली आउँदै गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?