जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला

सारांश

  • काठमाडौँ, १२ पुस, काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् ।
  • बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
  • यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।

काठमाडौँ, १२ पुस, काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । स्थानीय रविन थापाले सञ्चालन गरेको सिन्धुलीगढी मासु पसलमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा थापासहित नौ जनालाई गए राति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद रु ८४ हजार ३५० समेत बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रणसम्बन्धी कार्यशाला

समुदाय–प्रहरी साझेदारी अवधारणाको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत साइबर सुरक्षा र लागुऔषध विषयमा प्रहरी प्रधान कार्यालयमा आज प्रशिक्षकका लागि कार्यशाला आयोजना गरिएको छ ।

सो क्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अपराध नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको उल्लेख गर्दै समाजको सहयोगबाट नै प्रहरीले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले कानूनको कार्यान्वयनसँगै समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेकाले प्रहरीले समुदायसँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।

सामाजिक विकृति, मादक पदार्थ सेवन, सामाजिक सञ्जाल दुरुपयोगले गर्दा आपराधिक गतिविधि बढ्दै गएको चर्चा गर्दै उहाँले यस्ता अपराध न्यूनीकरण गर्न समुदाय लक्षित जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

(https://flucamp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले सञ्चालन भइरहेका परीक्षा स्थगित गर्ने सरकारको निर्णय
अहिले सञ्चालन भइरहेका परीक्षा स्थगित गर्ने सरकारको निर्णय
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा
कान्तीपुर साप्ताहिक पत्रिकाले यसरी मार्याे जिउँदाे मान्छेलाई !
कान्तीपुर साप्ताहिक पत्रिकाले यसरी मार्याे जिउँदाे मान्छेलाई !
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
भदौ २० गते शुक्रबारको राशिफल यस्तो छ
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली