उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनले वाम गठबन्धनप्रति असन्तुष्ट देखिएका छन् ।
वाम गठबन्धन बनाउन महरा र पुन दुवै असहयोगी हुने संकेत देखेपछि दाहालले ती दुवै नेतालाई छाडेर गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सक्रिय बनाएका थिए ।
एमालेसँग तत्कालका लागि चुनावी तालमेल गर्ने र निर्वाचनपछि एकीकरण प्रक्रियामा जाने निर्णयमा महरा र पुनले विमति जनाएका हुन् । दुवै नेताले अध्यक्ष पुष्पकमल दाहालमाथि निरन्तर दबाब बढाइरहेको चर्चा माओवादी वृत्तमा छ ।
दाहालले उतिवेला ओली सरकार ढालेर कांग्रेससँग गठबन्धन बनाउन महरा र पुनलाई सक्रिय बनाएका थिए । परिणामस्वरूप, भारतसम्म पुगेका महराले ओली सरकार ढाल्ने वातावरण बनाउन भूमिका खेलेका थिए । त्यसैले पनि महरा र पुन कांग्रेस–माओवादी गठबन्धनलाई निरन्तरता दिने अडानमा रहेका हुन् । नेता पुन चुनावी तालमेलको घोषणा सभामा उपस्थित भएनन् । तर, महरा भने उपस्थित रहे ।
वाम गठबन्धन बनाउन महरा र पुन दुवै असहयोगी हुने संकेत देखेपछि दाहालले ती दुवै नेतालाई छाडेर गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सक्रिय बनाएका थिए । वाम गठबन्धन प्रक्रियामा असहयोगी भएको भन्ने आलोचना भएपछि त्यसबारे जानकारी लिन खोज्दा नेता पुन सम्पर्कमा आउन चाहेनन् ।
यसैगरी, माओवादी नेताका अनुसार अध्यक्ष दाहाल एउटै चुनाव चिह्न सूर्य लिएर चुनाव लड्ने विषयमा सहमत भए पनि महरा र पुनले आपत्ति जनाएका थिए । त्यसमाथि अर्का नेता नारायणकाजी श्रेष्ठको पनि असहमति रहेको र प्राविधीक हिसावले पनि भविष्यमा पार्टी एकीकरणको समयमा अप्ठयारो पर्न सक्ने देखिएपछि तत्कालका लागि चुनाव चिन्ह एउटै बनाएर अघि बढ्ने विषय रोकिएको हो ।
गत १६ गते पार्टी मुख्यालयमा बसेको बैठकमा अध्यक्ष दाहालले पेस गरेको ७ बुँदे मस्यौदामा चुनाव चिह्न सूर्य भनेर लेखिएको थियो । तर पछि त्यसलाई परिवर्तन गरिएको माओवादी नेता मणि थापाले बताए । ‘अध्यक्षले चुनावी तालमेलसहित एकीकरणसम्म जानेबारेमा ७ बँुदे मस्यौदा पेस गर्नुभएको थियो, सो मस्यौदामा सूर्य चुनाव चिह्नमा लड्ने उल्लेख थियो,’ माओवादी नेता थापाले भने, ‘पार्टी एकीकरणका बेला प्राविधिक समस्या हुने भएकाले आआफ्नै चुनाव चिह्नमा लड्ने निर्णय लिइएको हो, विवाद भएर होइन ।’
वाम गठबन्धनको विपक्षमा सहरी विकास मन्त्रीसमेत रहेका नेता प्रभु साह, मणि थापा, मातृका यादव र गोपाल किराँती भने खुलेरै लागेका छन । ‘मैले प्रस्टसँग एमालेसँग चुनावी तालमेल पनि हुनु हुँदैन र पार्टी एकता पनि गर्नु हँुदैन भनेर आफ्नो दृष्टिकोण पेस गरेको छु,’ साहले नागरिकसँग भने, ‘औपचारिक बैठक बोलाएर धारणा लिन नेतृत्वलाई सुझाव दिएको पनि छु ।
नगरिक दैनिक बाट
Minbhadur Ghimire
goods
Bhim Kanta Kandel
Good
Shakti Sunar
हुनत एमालेसँग भन्दा बरु बैध्य बिप्लप बाबुराम लाई लियर यकता गरेकोभय धेरै राम्रो हुनेथियो किनकि हिजो सबैयउटै बाटोबाट अायकाहुुन यसमा कार्यकर्ताहरुपनि खुसिहुदै मान्थेहोला तर जेभयपनि यदि सबै यकठाउमा उभियर देशलाई अघिबढाउन चाहान्छनभने म यसलाई अनेथा ठानदिन…
Bhim Gautam
kati dinko lagi ho bam gathabandanle garda chunab jitincha vanni dhukka hola tara asambhab
Nima Sherpa
नेताहरू लाई देशको माञ भऐपो
Sunil Kumar Barakoti
एक्लै खान पल्केको!
Adhikariko Chhoro Tulsi Ram
K garxau timi haru parchhandeko paxi paxi hidnai paro
Om Bhujel
अब ई २ लाई केचाईयाे
Tn Khanal
यिनीहरूले स्पेस पाएन की के हो ।
Bhanu Pokharel
लुटेर खाने बानी परेपछि यस्तै हो।
Naresh Man Shakya
नेपालका कम्युनिष्टहरु सबै सर्बहारा का ब्याच लगाएर हिडने धनाद्य पुँजीबादीहरु।