यौन सम्बन्ध नराख्ने मानिस १५० वर्ष सम्म बाच्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
यौन सम्बन्ध नराख्ने मानिस १५० वर्ष सम्म बाच्ने !

सारांश

  • तपाईलाई शारीरिक सम्बन्ध राख्न मन पर्छ ?
  • अनि धेरै वर्ष बाँच्न पनि ?
  • तर अब तपाईले यो दुई मध्ये एक रोज्नुपर्ने हुन्छ ।

तपाईलाई शारीरिक सम्बन्ध राख्न मन पर्छ ? अनि धेरै वर्ष बाँच्न पनि ? तर अब तपाईले यो दुई मध्ये एक रोज्नुपर्ने हुन्छ । यौन सम्बन्धमा बढी नै आशक्त मानिस आफ्नो निर्धारित उमेर भन्दा धेरै वर्ष कम बाँच्छ र शारीरिक सम्बन्ध नराख्ने मानिस औषत भन्दा ५० देखि ६० वर्ष सम्म बढी बाँच्न सक्छ । एक अनुसन्धानका अनुसार शारीरिक सम्बन्ध नराख्ने मानिस १५० वर्ष सम्म बाँच्न सक्ने कुरा पत्ता लागेको छ ।

एक अमेरिकी वैज्ञानिकले शारीरिक सम्बन्धले मानिसको उमेर घटाउने र बाँच्नुपर्ने अवधी सम्म बाँच्न नदिने तथ्य पत्ता लगाएका छन् । थिङ्क ट्याङ्क बायोजेरन्टोलोजी रिसर्च फाउन्डेसनका निर्देशक प्रोफेसर आलेक्स जावरन्कोवका अनुसार शारीरिक सम्बन्ध नबनाउने मानिस १ सय ५० वर्ष सम्म बाँच्न सक्छ । पहिलेका ऋषि सन्यासी बाबाहरु धेरै वर्ष बाँच्नुकाे एक कारण त्याे पनि हाे ।

प्रोफेसर जावरन्कोवले आफ्नो किताब एजलेस जेनरेशन मा भनेका छन् कि सम्भोग नगर्ने हो भने हामी थप धेरै वर्षसम्म बाँच्न सकिन्छ । उनले सन्तान र वैवाहिक जीवनको जिम्मेवारीका कारण उर्जा खर्च हुने बताएका छन् र त्यस्ता मानिसहरुलाई सावधान पनि गरेका छन् ।


उनले विवाह र यौन चाहनालाई पर सार्नु भनेको आफ्नो आयु बढाउनु हो भनेका छन् । शारीरिक सम्बन्धको सट्टा नियमित व्यायाम गर्न र भोजनमा ध्यान गर्न उनको सुझाव छ । प्रोफेसर जावरन्कोवले आफू पनि दैनिक फलफूल, दही र धेरै प्रोटिनयुक्त खानेकुरा खाने गरेको बताए । यस प्रकारको जीवनशैलीले १५० वर्ष सम्म बाँच्नु कुनै असम्भव कुरा नरहेको र ३० वर्ष पछि आफूले सबै कुरा सम्भव छ भन्ने कल्पना गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?