जेठ २ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको शुभ अंक
सारांश
- मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
- धर्म,कर्ममा मन लाग्नेछ ।
- शुभ समाचार सुन्न पाइएला ।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म,कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । शुभ अंक १ हो ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । शुभ अंक ४ हो ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । शुभ अंक ७ हो ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । शुभ अंक ९ हो ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । शुभ अंक ५ हो ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । शुभ अंक ३ हो ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । शुभ अंक ४ हो ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योग छ । शुभ अंक १ हो ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभ अंक ८ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् । शुभ अंक ६ हो ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला । शुभ अंक २ हो ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभ अंक ४ हो ।
प्रतिक्रिया