जेब्राक्रसमै ट्रिपरले ठक्कर दिएपछि….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
१५ पटक हेरिएको
Shares
जेब्राक्रसमै ट्रिपरले ठक्कर दिएपछि….

सारांश

  • काठमाडौं, ११ माघ ।
  • जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज लु१ख ९८३९ नम्बरको टिपरले ठक्कर दिएपछि बुटवलमा आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।
  • घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।

काठमाडौं, ११ माघ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज लु१ख ९८३९ नम्बरको टिपरले ठक्कर दिएपछि बुटवलमा आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।

घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सख्त घाइते भएकी भट्टराईको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

टिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए ।
आगजनीबाट टिपर पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ ।

सोही क्रममा आक्रोशित समूहले अन्य दुई वटा टिपरसमेत तोडफोड गरी क्षति पुयाइदिएका छन् । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?