मेलम्चीको पानीले कहिले मेटाउला प्यास ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मेलम्चीको पानीले कहिले मेटाउला प्यास ?

सारांश

  • काठमाण्डौ ।
  • मन फुकाएर पानी प्रयोग गर्न पाउने अवस्था छैन ।
  • अर्थात जति चाहिन्छ त्यति पानी उपलब्ध छैन ।

काठमाण्डौ । मन फुकाएर पानी प्रयोग गर्न पाउने अवस्था छैन । अर्थात जति चाहिन्छ त्यति पानी उपलब्ध छैन । वहुप्रतिक्षित मेलम्चीको पानीले आफ्नो तिर्खा मेटाउने काकाकूल काठमाडौंवासीको सपना, एक अधुरो कथा जस्तै बनेको छ । पटक पटक विभिन्न बाधा अवरोधकाबीच अलमलमा परेको मेलम्ची खानेपानी आयोजना अबको एक वर्ष्भित्र वितरण गर्ने लक्ष्य लिइएको छ ।

पटक पटक मेलम्चीको पानी काठमाडौंमा आउने समय सीमा तोकियो तर मेलम्चीको पानि आएन । अघिल्ला सरकारले गरेको प्रतिवद्दता जस्तै काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने समयसीमा वर्तमान खानेपानीमन्त्री विना मगरले पनि तोकिन् । त्यो बाचा पनि पूरा भएन । मेलम्ची आनेपानी आयोजनामा पटकपटक भएका विभिन्न अवरोधका कारण मेलम्ची पर्खाइले निर्माण प्रक्रिया सुरु भएदेखि दुइ दशक बढी समय नाघिसकेको छ ।

आयोजनाको अवधारणा झन्डै ३० वर्ष अघि सुरु भएको थियो । विसं २०४७ सालमा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइले मेलम्चीको पानी काठमाडौँबासीको लागि आपूर्ति गरिने प्रतिबद्धता सार्वजनिक गरेका थिए । त्यसपछि सरकारले २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर निर्माण कार्य थाल्यो । २१ वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र समितिका २९ अध्यक्ष फेरिएका छन् ।

तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यले तिव्रगति लिएको बताइएको छ । आयोजनाको बाँकी पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनी साइटमा गएसँगै कामले गति लिएको मेलम्ची खानेपानी विकास समितिको दावी छ । मुख्य चुनौति मानिएको आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भैसकेको मेलम्ची खानेपानी विकास समितिका सुचना अधिकारी राजेन्द्र पन्तको दावी छ ।

पटक पटक कामले तीब्रता पाएको भनि प्रचार गरिए पनि सर्वसाधारण भने आश्वस्त हुन सकेका छैनन् । जनताको समस्या समाधान गर्नभन्दा पनि मेलम्ची आयोजनालाई राजनीति र आर्थिक स्वार्थसँग जोडिएकाले काम अलपत्र परेको सर्वसाधारणको तर्क छ ।

मेलम्ची खानेपानी २०५६ सालमा एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन गरिएको थियो । ०७० असारमा इटालियन कम्पनी सिएमसीले ठेक्का पायो । अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो। तर, मंसिर २९ मै सिएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द र्गयो । मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ४२ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केभने बामदेव गौतमले हरे पछि-विज्ञप्ति सहित !
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !
कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…
सोलुखुम्बुमा विप्लव आतंकः खास के भएको थियो ?
सोलुखुम्बुमा विप्लव आतंकः खास के भएको थियो ?
इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु
इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
भरतपुरमा कांग्रेसले मेयर पद नछोड्ने !
भरतपुरमा कांग्रेसले मेयर पद नछोड्ने !
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार

तपाईंले छुटाउनुभयो कि?