(नेकपा) का यि संगठनहरू एकीकृत हुदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
(नेकपा) का यि संगठनहरू एकीकृत हुदै

सारांश

  • काठमाडौ, २६ जेठ ।
  •   नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका तत्कालीन तल्लो तह र जनसंगठनहरूको एकीकरण प्रक्रिया अघि बढाएको छ ।
  • दुई पार्टीका तत्कालीन भ्रातृ संगठनहरू र जिल्ला, प्रदेशलगायत कमिटी एकीकृत गर्न केन्द्रले दुवै पक्षका शीर्ष नेता र इन्चार्जहरूलाई जिम्मेवारी दिएको छ ।

काठमाडौ, २६ जेठ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका तत्कालीन तल्लो तह र जनसंगठनहरूको एकीकरण प्रक्रिया अघि बढाएको छ ।

दुई पार्टीका तत्कालीन भ्रातृ संगठनहरू र जिल्ला, प्रदेशलगायत कमिटी एकीकृत गर्न केन्द्रले दुवै पक्षका शीर्ष नेता र इन्चार्जहरूलाई जिम्मेवारी दिएको छ । तीन महिनाभित्र सबै तहको एकीकरण सकिसक्ने पार्टीको निर्णय छ ।

त्यहीअनुसार तल्लो तहको एकीकरणसम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरिएको छ ।

यि  हुन एकीकृत हुने संगठनहरू 

1.नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ
2.दुवैतर्फका किसान संघ
3.दुवैतर्फका महिला संघ
4.युवा संघ र वाईसीएल
5.अनेरास्ववियु र अखिल ९क्रान्तिकारी०
6.दुवैतर्फका जनसांस्कृतिक महासंघ
7.नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र राष्ट्रिय मुक्तिमोर्चा संगठनहरूको महासंघ
8.दुवैतर्फका मधेसी संगठन र मोर्चा
9.मुस्लिम इत्तेहाद संगठन र मुस्लिम मुक्ति मोर्चा

10.नेपाल उत्पीडित जातीय मुक्ति समाज र दलित मुक्ति मोर्चा
11.नेपाल बुद्धिजीवी परिषद् र अखिल नेपाल बुद्धिजीवी संगठन
12.पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघ
13.नेपाल रािष्ट्रय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, भूतपूर्व सैनिक संगठन र पूर्वजनमुक्ति सेना संघ
14.प्रेस चौतारी र प्रेस सेन्टर
15.मानव अधिकार एलायन्स, अखिल नेपाल मानव अधिकार संगठन र काहुरास्ट नेपाल
16.लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन, अखिल नेपाल क्रान्तिकारी अपांग संघ र जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ
17.प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन
18.नेपाल भूमिहीन सुकुम्बासी संगठन र अखिल नेपाल सुकुम्बासी संगठन
19.नेपाल उद्योग व्यवसायी महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघ
20.पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन र राष्ट्रिय इन्जिनियरिङ संगठन
21प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्च

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?