को बन्ला नेपाल आइडल ३ को विजेता ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ११, २०७७
|
|
१७ पटक हेरिएको
Shares
को बन्ला नेपाल आइडल ३ को विजेता ?

सारांश

  • नेपाल आइडल सिजन थ्रीको फाइनल शुक्रबार हुँदैछ ।
  • कोरोना संक्रमणका कारण लामो समय रोकिएर पून सुरु भएको नेपाल आइडलको अन्तिम प्रतिष्पर्धामा महोत्तरी बर्दिवासका किरण भुजेल, मोरङकी सज्जा चौलागाई र बर्दियाका प्रविण बेडवाल रहेका छन् ।
  • यी मध्ये किरण वाइल्ड कार्ड राउण्डबाट फेरि आइडलमा भित्रिएका हुन् ।

नेपाल आइडल सिजन थ्रीको फाइनल शुक्रबार हुँदैछ । कोरोना संक्रमणका कारण लामो समय रोकिएर पून सुरु भएको नेपाल आइडलको अन्तिम प्रतिष्पर्धामा महोत्तरी बर्दिवासका किरण भुजेल, मोरङकी सज्जा चौलागाई र बर्दियाका प्रविण बेडवाल रहेका छन् । यी मध्ये किरण वाइल्ड कार्ड राउण्डबाट फेरि आइडलमा भित्रिएका हुन् । शुक्रवार यीनै तीनजनामध्येबाट एक जना सिजन थ्रिको नेपाल आइडल बन्नेछ । नेपालको तीन स्थानबाट प्रतिनिधित्व गर्ने तीन जना नै एक अर्काको कडा प्रतिष्पर्धी रहेका छन् । यी मध्ये जो नेपाल आइडल बने पनि उनीहरुको प्रस्तुति र क्षमताका कारण यसपटक अघिल्ला श्रृंखला जस्ता विवादित नहुने देखिएको छ ।

तीन प्रतिभामध्ये प्रविणलाई आइडलको दावेदार मानिएको छ । सुगम शैलीका गीत गाउँदै आएका उनले हरेक प्रस्तुतिमा दर्शक तथा निर्णायकको मन जित्दै आइरहेका छन् । प्रविण नेपाल आइडलबाट उदाएका नेपाली संगीतका प्रतिभाशाली गायक बन्ने निश्चित छ । गम्भिर र परिपक्व स्वर, अनी उनले गाउने गीतको शैली र विधाले उनी नेपाली संगीतको लामा रेसको घोडा हुन् । दर्शकको भोटको आधारमा विजेता छानिने आइडलमा सर्वाधिक भोट पाउने सम्भावना प्रविणको अधिक रहेको छ । खासगरी पश्चिम नेपालले आफुलाई धेरै कुरामा पछि परेको महशुष गर्छ । यही परिप्रेक्ष्यमा देशका हरेक क्षेत्रमा आफुलाई समानरुपमा प्रस्तुत गर्नु पर्छ भन्ने पश्चिमेलीको मनोविज्ञानले पनि उनलाई धेरै धेरै भन्दा भोट आउने सम्भावना रहेको छ ।

यसपटक नेपाल आयडलले महिला विजेता पाउने सम्भावना पनि उत्तिकै छ । यो सम्भावनाको दावेदार हुन् सज्जा चौलागाई । मोरङबाट आइडलमा प्रतिनिधित्व गरिरहेकी सज्जाले सुरुवात देखि नै आकर्षक प्रस्तुुतिबाट आफुलाई आइडलको प्रवल दावेदार बनाउदै आएकी छन् । नेपाली गीत संगीतमा थुप्रै प्रतिभाशाली संगीतकर्मी दिइसकेको पूर्वी नेपालको पछिल्लो उपहार हुन् सज्जा । लोक, पप, सुगम सबै शैलीका गीतबाट उनले आफ्नो प्रतिभा देखाइ सकेकी छन् । निर्णायकको पनि उत्तिकै मन जित्दै आएकी उनलाई पुर्वेली दर्शकको दरिलो साथ हुने निश्चित छ । स्थान विशेषकाका दर्शकले आइडलका विजेतालाई गर्वको रुपमा लिने भएकाले पनि पूर्वी दशर्कले उनलाई भरपुर भोट हाल्ने सम्भाना छ र यही सम्भावना नै उनलाई आइडलको विजेता बनाउने कडी पनि बन्न सक्छ ।

वाइल्ड कार्डबाट प्रतिष्पर्धामा पून प्रवेश पाएका किरण कुमार भूजेल पनि आइडलको विजेताको उत्तिकै सम्भावना भएका दावेदार हुन् । किरणको मेलोडीयस स्वर उनको सबभन्दा ठूलो हतियार हो । लोक, पप, सबै विधाका गीत समानरुपमले गाउने किरण नेपाली चलचित्रका लागी सम्भावनायुक्त गायकको रुपमा उदाएका छन् । निर्णायकहरुले पनि उनलाई नेपाली चलचित्रको सम्भावनायुक्त गायक भनेर पटक पटक तारिफ गर्दै आएका छन् ।

यी र यस्तै प्रतिभा र विशेषताका कारण सिजन ३ को नेपाल आइडलमा प्रविण, सज्जा र किरणमध्ये एक जना आइडल बन्नेछन् । र, नेपालले पाउनेछ नयाँ नेपाल आइडल ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐन, नियम, कानून सच्याएर भएपनी विकास गर्नुपर्छ: महेश बस्नेत
ऐन, नियम, कानून सच्याएर भएपनी विकास गर्नुपर्छ: महेश बस्नेत
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा
देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’
देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’
जिन्दगीको मिठो मोडमा
जिन्दगीको मिठो मोडमा
जनमत नयाँ, शैली पुरानै: सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी
जनमत नयाँ, शैली पुरानै: सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सभामुख कुर्सीमा बस्न नपाउँदै हंगामा, बैठक अनिश्चितकालका लागि स्थगित
सभामुख कुर्सीमा बस्न नपाउँदै हंगामा, बैठक अनिश्चितकालका लागि स्थगित
कंगना रनौटले बाइडेनको भविष्यवाणी गर्दै भनिन्, १ वर्ष टिक्ने !
कंगना रनौटले बाइडेनको भविष्यवाणी गर्दै भनिन्, १ वर्ष टिक्ने !
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल

तपाईंले छुटाउनुभयो कि?