ज्ञानेन्द्र शाही भन्छन् ‘धन्न बाँचियो’

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाही भन्छन् ‘धन्न बाँचियो’

सारांश

  • भष्ट्राचार विरुद्ध अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीले आफुलाई ठीक पार्न पर्यटनमन्त्री योगेश भट्टराईले गुण्डा पठाएको आरोप लगाएका छन् ।
  • ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रहरीले उद्दार गरेको उनले बताएका छन् ।
  • हिजो नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्रीका कारण एक घण्टा विमान रड्न ढिलो भएपछि शाहीले मन्त्री भट्टराई विरुद्ध नाराबाजी गरेका थिए ।

भष्ट्राचार विरुद्ध अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीले आफुलाई ठीक पार्न पर्यटनमन्त्री योगेश भट्टराईले गुण्डा पठाएको आरोप लगाएका छन् । ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रहरीले उद्दार गरेको उनले बताएका छन् । हिजो नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्रीका कारण एक घण्टा विमान रड्न ढिलो भएपछि शाहीले मन्त्री भट्टराई विरुद्ध नाराबाजी गरेका थिए । सोही विषयमा जानकारी दिन उनले आज ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै थिए ।

पत्रकार सम्मेलनमै क्रममा आफुमाथि एक्कासी आक्रमण भएको र बल्लतल्ल बाचिएको उनले बताएका छन् । प्रहरीले भने शाहीको कार्यक्रमबारे सुरक्षा निकायलाई कुनै जानकारी नभएको बताएको छ ।

शाहीले आकस्मिकरुपमा कार्यक्रम गर्नु परेको सुरक्षा निकायमा जानकारी गराउन नभ्याएको दावी गरे । उनलाई टाउको लगायतका स्थानमा चोट लागेको शाहीले बताए । आफुलाई आइतबार नै प्रहरी छोडिसकेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?