यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य
सारांश
- काठमाडौं, २७ असार ।
- “छापामार शैली”मा विदेश अर्थात क्यानडाको भ्रमणमा जान थालेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालालाई सरकारले “अपहरण” शैलीमा विमानस्थलबाट फिर्ता गरेपछि यो विषय चर्चाको शिखरमै छ ।
- पक्ष र विपक्षमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा मत जाहेर गर्नेमात्र होइन कतिपय राजनीतिक दलहरुले समेत आफ्ना मुद्धाका रुपमा समावेश गरिसकेका छन् ।
काठमाडौं, २७ असार । “छापामार शैली”मा विदेश अर्थात क्यानडाको भ्रमणमा जान थालेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालालाई सरकारले “अपहरण” शैलीमा विमानस्थलबाट फिर्ता गरेपछि यो विषय चर्चाको शिखरमै छ । पक्ष र विपक्षमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा मत जाहेर गर्नेमात्र होइन कतिपय राजनीतिक दलहरुले समेत आफ्ना मुद्धाका रुपमा समावेश गरिसकेका छन् ।
के हुँदै थियो क्यानडामा ?
क्यानडाको भ्यान्कुबरमा १७ औं विश्व संस्कृत भाषा सम्मेलनको आयोजना गरिएको थियो । सोमवारदेखि शुक्रवारसम्म हुने विश्व संस्कृत भाषा सम्मेलनमा भाग लिने ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपकुलपति प्राडा कुलप्रसाद कोइराला त्यसतर्फ प्रस्थान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सोही क्रममा उपकुलपति प्राडा कोइरालाले कुलपति र अन्य सम्बन्धित निकायमा अनुमति र आवश्यक प्रक्रिया नपुराएको भन्दै प्रहरीले फर्काएर प्रधानमन्त्री कार्यालय बालुवाटार पुराएको थियो ।
१८ जनाको भिसा लगाइयो, को को गए ?
विश्वविद्यालय स्रोतका अनुसार क्यानडा जानेको लिष्टमा १८ जनाको नाम थियो । त्यसमा केहीले आफ्नी श्रीमतीको समेत भिसा लगाएका थिए । यद्यपि, उपकुलपतिसहित ७ जनाको मात्र भिसा आएको थियो ।
विश्वविद्यालय स्रोतले दिएको जानकारी अनुसार उपकुलपति प्राडा कोइराला फर्काइए तापनि ६ जना प्राध्यापकहरु भने सोही उडानमा क्यानडा उडेका छन् । विश्व संस्कृत भाषा सम्मेलनमा जाने विद्वानहरु भने कोही पनि संस्कृतका विद्वान छैनन् ।
संस्कृतको विश्व सम्मेलनमा अरु नै क्यानडामा
जगजाहेरै छ कि विश्वभरबाट संस्कृतका विद्वानहरु जम्मा हुने संस्कृत भाषा विश्व सम्मेलनमा नेपालको तर्फबाट भने एकजना पनि संस्कृतका विद्वानहरु त्यहाँ गएका छैनन् । उनीहरुमध्ये कसैको पनि संस्कृत विषय होइन । क्यानडा जानेमध्ये काशीराज न्यौपाने (बौद्ध दर्शन), प्रेमराज न्यौपाने (बौद्ध दर्शन), नवराज कट्टेल (नेपाली), लेखप्रसाद निरौला (नेपाली), गणेश घिमिरे (नेपाली) र केशव कोइराला (तन्त्रशास्त्र)का विद्वानहरु छन् । संस्कृत सम्मेलनमा संस्कृतका प्रखर विद्वानहरु हुँदाहुँदै एकजनालाई पनि लगिएको छैन ।
चोरबाटो हिड्दा आफै खाल्डोमा
उपकुलपति प्राडा कोइरालाले शुरुदेखि नै चोरबाटो प्रयोग गरेको आरोप विश्वविद्यालयका अन्य पदाधिकारीहरुले लगाएका छन् । भिसा लगाउँदा नै शिक्षाध्यक्षको कार्यालयमार्फत प्रक्रिया अगाडि बढाइनुपर्नेमा बाहिरै विश्वविद्यालयको लेटरप्याड प्रयोग गरी १८ जनाको भिसा लगाइएको थियो । शिक्षाध्यक्ष रमेशप्रसाद ढकाल र कुलसचिव कार्तिकेय झाले दाङमा पत्रकार सम्मेलनै गरेर उपकुलपति प्राडा कोइराला प्रक्रिया नपुराएरै विदेश जान खोज्दा विश्वविद्यालयकै गरिमामा आँच आएको र त्यसले आफूहरु सबैको शिर निहुँरिएको प्रतिक्रिया दिएका छन् । उनीहरुको विदेश जाने कुरा कार्यकारी परिषदमा निर्णय पनि नभएको खुलासा गरेका छन् ।
शिक्षाध्यक्षको कार्यालयलाई उपेक्षा गर्दै भिसा लगाइनु र त्यो पनि नेपालबाट नभई भारतबाट भिसा लगाइनुले कुलपति कोइरालाको नियतमा शंका गर्ने ठाउँ भएको विश्वविद्यालयका कर्मचारीहरु बताउँछन् । “कुलपतिलाई जानकारी दिने र अनुमति लिने काम भएन”, विश्वविद्यालय स्रोत भन्छ, “मुलुकको प्रतिनिधित्व गर्दै विश्वविद्यालयको खर्चमा विदेश जाँदा शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयलाई समेत कुनै जानकारी नदिएर भारतको दिल्लीबाट भिसा लगाउनु नै गलत हो ।” शिक्षा मन्त्रालयले यसअघि नै कुलपति कोइरालाले कुनै पनि अनुमति नलिएको र अनुमति माग पनि नगरेको जनाइसकेको छ ।
निमित्त नदिएरै कुलपति कुदेका थिए क्यानडा
विश्वविद्यालयका कुलपति प्राडा कुलप्रसाद कोइराला झण्डै १ साताभन्दा लामो अवधिका लागि विदेश जाँदा विश्वविद्यालयलाई भने भगवान भरोसामा छोडेर हिडेका थिए । उनले आफूभन्दा तल्ला कुनै पनि पदाधिकारीलाई निमित्त दिएका थिएनन् ।
विश्वविद्यालयका अन्य पदाधिकारी के भन्छन् ?
उपकुलपति प्राडा कुलप्रसाद कोइरालाको विदेश भ्रमण र त्यसपछिका क्रियाप्रतिक्रियामा विश्वविद्यालयका अन्य पदाधिकारीहरु पनि जोडिएका छन् । शिक्षाध्यक्ष रमेशप्रसाद ढकाल र कुलसचिव कार्तिकेय झाले उपकुलपतिको भ्रमण नीतिगत बताएका छन् । “कोइराला नीति नियमविपरीत अटेर गरेर विदेश भ्रमणमा जान खोज्दा विश्वविद्यालयको नै बदनाम भयो”, शिक्षाध्यक्ष ढकालले भने, “उपकुलपति राजनीतिकरुपमा विवादमा आउनु, नीति नियमबाहिर रहेर काम गर्न खोज्नु र कुलपतिबिरुद्ध जथाभावी बोल्नु जस्ता कारणले विश्वविद्यालयको शिर झुकाएको छ ।”
उपकुलपति कोइरालाले विधिअनुसार काम नगर्दा अनेक नकारात्मक परिणामहरु देखापरेको शिक्षाध्यक्ष ढकालको भनाइ छ । “विश्वविद्यालयको ऐननियममा रहेर काम गर्न पटकपटक सुझाउँदा पनि उपकुलपतिले मनोमानीढंगले काम गर्न खोजेको ढकालले आरोप लगाए । नेपाल संस्कृत विश्वविद्यालय आर्थिक प्रशासन सम्बन्धी नियम २०६७ को परिच्छेद २१ को नियम ९४ को उपनियम ४ “ज” मा विदेश भ्रमण गर्नुपरेमा उपकुलपतिले कुलपतिबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था रहेको तर कुलपतिबाट स्वीकृति लिनुको साटो शिक्षा मन्त्रालयमा चिठी छोडेर बिदेश जान खोज्नु प्राज्ञिक काम नभएको शिक्षाध्यक्ष ढकालले बताए ।
विश्वविद्यालयका कुलसचिव कार्तिकेय झाले विश्वविद्यालयको कार्यकारी परिषदमा निर्णय नगरी र सरकारी प्रक्रिया नपुराएर बिदेश जान खोज्दा विश्वविद्यालय नै अनावश्यक मुछिएको बताए । यता उपकुलपति कोइरालाले भने सबै प्रक्रिया पुराएर नीतिगतरुपमै काम गरेको दावी गरेका छन् ।
Minesh Gole
Upakul patti jyu aafule aafulai ke thaneko mahi sabai bhanda uchcha pad ma ma bhanda matthi kohi xaina bhsnthaneko niem kanun i sab michne bhaneko chhetri bahun nahi hun ko bhanda ko kam bhaneko jastai ho desh damadol banaune dekhi khola nala sandi samjhauta sab inharule nahi becheko ho jun lobhi ra papi ko jaat bhanera ghosana garna mattra bakki dekhinxa mata
Om Sunuwar
उहि पुरानै धधङ्गी अपरिबर्तनिय सोच ,प्राग्ग्यिक क्षेत्रको राजा मै हुँ भन्ने उन्माद चढेकोको पठ्मुर्ख रैछ यो ।नयाँ सरकार बनेपछी कुनै पनि नागरिकले सरकारी अनुमति बेगर बिदेश जान नपाइने नयाँ नियम लागु गरे पछि यस्ले मान्नु पर्छ कि पर्दैन ,पहिले यसरी न नै गाको थें अहिले नि त्यसै गरेको पो भन्छ अलि कति पनि इज्जत भाको भए मैले सरकरी अनुमती स्वीकृत बिनै जान लागेकोले यस्तो भएछ माफ गर्नु होला भन्नु पर्छ कि पर्दैन उल्टै जो चोर उसैको ठुलो स्वर गर्ने दिन गएछन भन्ने बुझे हुन्छ अब डिठ्ठा बा !!