ज्योतिषीले गरे खुलासा:कहिले आमा बन्दैछिन् प्रियंका?
सारांश
- मुम्बई।
- चर्चित अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्नो जन्म दिनको फोटोलाई लिएर चर्चामा छिन्।
- केही दिन अगाडि उनले जन्म दिनको तीनवटा तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन्।
मुम्बई। चर्चित अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्नो जन्म दिनको फोटोलाई लिएर चर्चामा छिन्। केही दिन अगाडि उनले जन्म दिनको तीनवटा तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन्। ती मध्ये दुई वटा फोटोमा उनी डुंगामा श्रीमान निक जोनससँग रोमान्टिक अन्दाजमा देखिएकी छन्।
अर्को एक तस्वीरमा उनी एक बच्चासँग सुतिरहेको देखिएको छ। यो तस्वीरलाई देखेपछि उनका फ्यानले कमेन्ट गर्दै प्रियंकलाई कहिले आमा बन्ने भन्दै प्रश्न गरेका छन्। निकसँग विवाह गरेपछि प्रियंका फ्यानले उनी गर्भवतीको विषयमा फरक फरक अनुमान लगाएका छन्।
https://www.instagram.com/p/B0b6MEQnqh7/?utm_source=ig_web_copy_link
यसैबीच न्यूमरोलजिस्ट संजय बी। जुमानीले प्रियंका दुई वर्षभित्र आमा बन्ने दाबी गरेका छन्। जुमानीले प्रियंकाको विवाहको विषयमा पनि सही भविष्यवाणी गरेका थिए। उनले आगामी २४महिनामा प्रियंका आमा बन्ने दाबी गरेका छन्।न्यूमरोलजिस्ट संयजलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले बताए अनुसार प्रियंकाका लागि लकी नम्बर ९ हो। उनको जन्म मिति १८ जुलाई १९८२ हो।
प्रतिक्रिया