मोदी आउनुअघि नै पार्टी एकता !
सारांश
- काठमाडौं, १२ वैशाख ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमै व्यस्त हुने भएका छन् ।
- प्रचण्ड मंगलबार चितवन पुग्नेवित्तिकै उनले शुक्रबार (वैशाख २४) एमालेसँगको पार्टी एकताको मिति तोकिने जानकारी दिएका थिए ।
काठमाडौं, १२ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमै व्यस्त हुने भएका छन् ।
प्रचण्ड मंगलबार चितवन पुग्नेवित्तिकै उनले शुक्रबार (वैशाख २४) एमालेसँगको पार्टी एकताको मिति तोकिने जानकारी दिएका थिए ।
मंगलबार बिहान साढे ७ देखि ९ बजेसम्म प्रधानमन्त्री केपी ओलीसँग डेढ घन्टा छलफल गरेका प्रचण्ड त्यसपछि चितवन लागेका थिए । उनले सञ्चारकर्मीसँग भने, ‘दुई पार्टीका अध्यक्षको व्यस्तताले गर्दा एकता प्रक्रियाले गति लिन नसकेको हो । वैशाख २४ गते एकताको मिति टुंगो लाग्छ ।’
केही समयदेखि एमाले र माओवादीबीच पार्टी एकता प्रक्रियाले गति लिन नसकेकै बेला प्रचण्डको वैशाख २४ गते एकताको मिति टुंगो लाग्ने अभिव्यक्तिले एकाएक सबै विवाद कसरी मिल्यो ? भन्ने चासो सर्वत्र देखिएको छ । लेनिन जयन्तीका दिन प्रचण्डले राष्ट्रिय सभागृहमा कसैले नसोचेको मितिमा ड्याम्म पार्टी एकता हुने बताएका थिए ।
प्रचण्डले कसैले नसोचेको मिति मे ५ तारिख भएको बताइन्छ । सो दिन कार्ल माक्र्सको जन्म दिन । एमाले र माओवादी केन्द्रबीच त्यसै दिन पार्टी एकता हुन सक्ने बताइएको छ । अहिले भारत एमाले र माओवादी पार्टी एकता गराउन निकै सक्रिय भएर लागेको स्रोतले बतायो । वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअघि नै दुई पार्टीबीच एकता गरिसक्ने गरी होमवर्क अघि बढाइएको बताइन्छ ।
सुरुका दिनमा भारत पार्टी एकताको विपक्षमा भए पनि पछिल्लो समय एकाएक सक्रिय भएर लागेको बताइएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई तत्काल कुनै पनि हालतमा कमजोर बनाउन नसकिने निष्कर्षका साथ भारतले पार्टी एकतापछि उनलाई अल्पमतमा पार्ने वा त्यत्तिकै अल्झाएर राख्ने रणनीतिमा भारतीय कूटनीतिज्ञहरू लागेको स्रोतले बतायो ।
यस विषयमा ओली पनि बेखबर भने छैनन् । सोही कारण पार्टी एकतापछि प्रचण्ड निकट नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा, टोपबहादुर रायमाझीलगायतलाई आफ्नो समूहमा सामेल गराउन ओलीले भित्री तयारी गरिसकेको बुझिएको छ । अहिले यिनै नेताहरूको दबाबका कारण प्रचण्ड पार्टी एकतामा लचिलो बनेको माओवादी एक नेताले बताए ।
S Ubash Rb
बापू आयगा बेटो को यक साथ देखेगा
Krisna Lama
Modhi auna satha batabaran bigarcha chitai akata hunu parcha yo wa tho bahana ma ak huna didaina comunist lai neta dwayle bhujnu jaruri cha chitai ghosana garda huncha