कालो चस्मा (लघुकथा)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कालो चस्मा (लघुकथा)

सारांश

  • अरु नातेदारहरु सबै धनाढ्य भए पनि उसको बावु त ना.
  • सु.
  • स्तरको जागिरे मात्र ।

अरु नातेदारहरु सबै धनाढ्य भए पनि उसको बावु त ना.सु. स्तरको जागिरे मात्र । फलस्वरुप, आर्थिक समस्याहरुको चापले उसलाई एस.एल.सी. उत्तिर्ण नगरुञ्जेलसम्म दुखै थियो । क्याम्पसको अध्ययनकालमा उसको दैनिक सेवा र चाकडीबाट सन्तुष्ट भई एक नातेदारले कल्चरलसिटमा बिदेश पठाइदिएका थिए – डाक्टर पढ्न ।

पढाई सकि स्वदेश फर्केपछि उसले आफ्नो ना.सु. बावु , दुःख–सुुख बॉंडचु‘ंड गरी संगै पढेका साथीभाइहरु र विदग्ध पूरानो अतीतलाई समेत बिर्सिसकेको देखिन्थ्यो – सिर्फ डाक्टर भए‘ं भन्ने आडम्वरले ।
झण्डै तीस वर्ष नाघिसकेकोले बिवाह गर्नु पर्ने वाध्यताले समेत बॉंधिएको थियो – ऊ । अन्ततः उसले चाहे अनुसार एक उच्च कुलको सम्पन्न परिवारमा हुर्केकी केटीसंग बिवाह भयो पनि ।

डाक्टर भएकै भरमा ठूलाका छोरी भेट्नु,रोशनको भाग्य बलेकै हो भन्ने गर्थे – केही साथीहरु ।

पत्नीको अलावा थुप्रै सम्पत्ति भित्राउन पाएकोले आपूmलाई अरुभन्दा भिन्दै अर्थात् उच्च खानदानको व्यक्ति सम्झन्थ्यो – रोशन ।

आफ्ना साथीभाइहरु कहिलेकाही‘ं बाटोतिर देख्दा पनि नदेखेझै‘ं गथ्र्यो – मोटरसाइकलमा चढि कालो चस्मा लगाएपछि ।

यस्तो क्रम नलम्बिदैमा दुर्भाग्यवश उसको ससुरोलाई भ्रष्टाचारको आरोप लाग्यो । छटेलपनाले आर्जन गरेका सारा जेथाहरु बिक्री गर्दा पनि पुगेन – धरौटीमा छुट्न ।
अन्य विकल्पको अभावले छट्पटि‘ंदै रोशनले पत्नीका दाइजोहरु र आफ्नै ना.सु. बावुको पसिनाले सिर्जेको गाउ‘ंका केही जग्गा बिक्री गरेरै भए पनि ससुरालाई छुटायो धरौटीमा ।

त्यसै दिनदेखि ऊ मोटरसाइकल र कालो चस्माबाट बञ्चित भई घरबाट लुरुलुरु पैदलै अफिस जाने गर्छ ।
उसका संगैका साथीहरु शाखा अधिकृत, इन्जिनियर, कवि, कलाकार, प्रहरी र सेनामा अधिकृत बनेका छन् ।

एकदिन अचानक बाटोमा एक मित्रलाई मोटरसाइकलमा देखेर रोशनले रोक्दै भन्यो –“क्या हो यार ? धेरै भयो भेटघाट नै छैन नि ! ”
अर्को साथी कवि थियो । उसले हॉंस्दै उत्तर दियो – “भेटघाट त धेरै नै भएको थियो । म देख्थे‘ं, हॉंस्थे‘ं पनि । तिमी सायद कालो चस्माले देख्दैनथ्यौ । उच्चताको पराकाष्टामा पु¥याउने तिम्रो डाक्टरी दर्जा, मोटरसाइकल र कालो चस्माले हाम्रो मित्रतामा ऑंधीवेरी ल्यायो । आज त दर्जा रहे पनि अरु हटेकोले मैले जस्तै तिमीले नै पहिला देखेकोमा धेरै–धेरै धन्यवाद ! भन्दै कवि आफ्नो बाटो लाग्यो ।

(समकालीन साहित्यमा, उज्ज्वल जी.सी.)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा
जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा
आजको राशिफल
आजको राशिफल
ओली र प्रचण्डले नवनिर्वाचित सांसदहरुलाई यसरी सम्झाए
ओली र प्रचण्डले नवनिर्वाचित सांसदहरुलाई यसरी सम्झाए
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
नेपालमा कोरोना संक्रमित र मृतकको संख्या उच्च हुँदै गएपछि चीनले देखायो चासो
बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
१३ औं सागः सोनीले जिताइन नेपाललाई दोस्रो स्वर्ण
१३ औं सागः सोनीले जिताइन नेपाललाई दोस्रो स्वर्ण
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
अमेरिका भ्रमण सफल भएको छ – परराष्ट्रमन्त्री ज्ञवाली
अमेरिका भ्रमण सफल भएको छ – परराष्ट्रमन्त्री ज्ञवाली
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने

तपाईंले छुटाउनुभयो कि?