समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ?
सारांश
- काठमाडौं।
- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ।
- पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म ९९ लाख ९१ हजार नौ सय ७ मत गणना सम्पन्न भएको छ।
काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म ९९ लाख ९१ हजार नौ सय ७ मत गणना सम्पन्न भएको छ।
निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा एमालेले सबैभन्दा बढी मत २६ लाख ९३ हजार पाँच सय ४५ मत प्राप्त गरेको छ। त्यसपछि बढी नेपाली कांग्रेसले २५ लाख ४८ हजार २६ मत पाएको छ।
नेकपा (माओवादी केन्द्र) ले ११ लाख ४३ हजार चार सय ७६, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार एक सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ६९ हजार नौ सय ९६ मत प्राप्त गरेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालले तीन लाख ८८ हजार चार सय १९, जनमत पार्टीले तीन लाख ४६ हजार नौ सय ३३, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ८१ हजार तीन सय १९ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४७ हजार सात सय एक मत प्राप्त गरेको आयोगले जनाएको छ।
यस निर्वाचनमा जम्मा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए। त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब एक करोड नौ लाख हाराहारीमा मत खसेको थियो। राजनीतिकदलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ।
प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। अहिलेसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना हुँदा सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन्।
एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट तीन प्रतिशत भन्दा बढी मत कटाएका छन्।
पछिल्लो मतगणनाको तथ्याङ्कको आधारमा नेकपा (एकीकृत समाजवादी) दुई लाख ८१ हजार तीन सय १९ र राष्ट्रिय उन्मुक्ति पार्टीले दुई लाख ४७ हजार सात सय एक मत प्राप्त गरेका छन् ।
२०७४ मा पाँच राष्ट्रिय दल
विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलले निर्वाचन ऐनले तोकेको थ्रेस होल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए ।
सो निर्वाचनमा एमाले, कांगे्रस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले राष्ट्रिय मान्यता प्राप्त गरेका थिए ।
उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार चार सय ९४, कांग्रेसले ३१ लाख २८ हजार तीन सय ८९, माओवादी केन्द्रले १३ लाख तीन हजार सात सय २१, राजपा नेपालले चार लाख ७२ हजार दुई सय ५४ र सङ्घीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार दुई सय एक मत प्राप्त गरेका थिए ।
उक्त निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांगे्रसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले छ स्थान र सङ्घीय समाजवादी फोरम नेपालले छ सिट प्राप्त गरेको आयोगको तथ्याङ्क छ ।
創建免費帳戶
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.