तरुलले बचाउँछ क्यान्सरबाट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१५३ पटक हेरिएको
Shares
तरुलले बचाउँछ क्यान्सरबाट

सारांश

  • तरुलको तरकारी कसलाई पो नमीठो हेाला र ?
  • तरकारी बनाएर मात्र नभै उसिनेर मात्रै पनि खाइने तरुल माघे संक्रान्तिमा त खानैपर्ने कन्दमुल हो ।
  • निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ ।

तरुलको तरकारी कसलाई पो नमीठो हेाला र ? तरकारी बनाएर मात्र नभै उसिनेर मात्रै पनि खाइने तरुल माघे संक्रान्तिमा त खानैपर्ने कन्दमुल हो ।

निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । वास्तवमा तरुल केवल तरकारी मात्र होइन, जडीबुटी नै हो ।

तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ ।

तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले सरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ । यो क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्स सँग लड्दछ । साथै तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ ।

तरुल नियमित रुपमा सेवन गर्नाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । साथै तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर रोगबाट बचाउँछ । तरुलमा पाइने ओमेगा थ्री ले रक्तसंचारलाई नियमित गर्नुका साथै धमनीहरु बन्द हुने समस्या हटाउँछ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने
प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने
एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा
मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा
एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण  : सभामुख गौतम
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख गौतम
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
भारतीय सेनाअध्यक्ष नरवणेद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता
भारतीय सेनाअध्यक्ष नरवणेद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता
लुगा सिउने कलले जीवन घिसार्दै भूकम्पपीडित अवाल