पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १४, २०७९
|
|
२१ पटक हेरिएको
Shares
पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो

सारांश

  • काठमाडौं।
  • पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ बर्ष पछि खुलेको छ।
  • पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो।

काठमाडौं। पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ बर्ष पछि खुलेको छ। पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो।

पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पुर्वी ढोका बन्द हुँदै आएको थियो। तर, यस बर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो।

पशुपतिनाथको पुर्वी ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?